काठमाडौं ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १५ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १५ जनाको शव निकालिएको हो ।
जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो । अन्य ३ जनालाई पनि जीवितै उद्दार गरिएको उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । अन्य ३ जनाको शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।