Search
Close this search box.

सैनामैनामा रहेको सुनगाभाले पायो आई एस ओ मान्यता प्रमाण पत्र  

सैनामैनामा रहेको सुनगाभा पब्लिक स्कुलले आइ एस ओ बाट मान्यता प्राप्त गरेको छ । आईतबार एक कार्यक्रमको आयोजनामा आई एस ओका नेपाल प्रतिनिधि सुदिप शर्मा र सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र शर्माले बिधालयका अध्यक्ष डिल्लीराज गौतम र प्रधानाध्यापक तिलब के।सीलाई आइ एस ओ चिन्ह प्रदान गरेका हुन । सैनामैनामा निजि बिधालयहरुले शिक्षा क्षेत्रमा पुर्याएको योगदान सरानिय रहेको सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बताउनु भयो । सुनगाभाले आई एस ओ सर्तिफिकेट प्राप्त गर्न सफल भएकोमा नगर प्रमुख शर्माले बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो । 

सुनगाभाले सबै मापदण्ड पुरा गरेकोले आइ एस ओ प्रमाण पत्र प्राप्त गर्न सफल भएको आई एस ओका नेपाल प्रतिनिधि सुदिप शर्माले बताउनु भयो ।

बिधालयले आई एस ओ मान्य प्राप्त प्रमाण पत्र पाउनु गौरवमय भएको बिधालयका प्रधानाध्यपक तिलक के सीले बताउनु भयो । 

सोही अवसरमा बिधालयमा अध्ययारत बिधार्थीहरुका अभिभावकहरुलाई सकारात्मक सोच तथा उत्प्रेणा कार्यक्रम संचालन गरिएको थियो ।  

कार्यक्रममा सैनामैना वडा नं ३ का वडा अध्यक्ष तम बहादुर पुर्जा, एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण पौडेल, बिधालयका शैक्षिक सल्लाहकार कृष्ण पंगेनी लगायतले बिधालयको शैक्षिक अवस्थाको बिषयमा बोल्नु भएको थियो । सैनामैना वडा नं २ मा रहेकोको बाबरी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा बिधालयका शिक्षक कमल पौडेलको संचालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.