Search
Close this search box.

मलमला माैरी उधाेगद्वारा चिठ्ठा सार्वजनिक

सैनामैना नगरपालिका वडा नम्बर ३ मा रहेको मलमला माैरी उधाेगले आफ्नाे उत्पादन गरेकाे मह खरिद कर्ताकाे लागि उपहार घाेष्णा गरे बमाेजिम आज चिठ्ठा मार्फत पुरुस्कार घाेष्णा गरेकाे छ । चिठ्ठा नं २५४८ का पर्वत जिल्ला निवासी दर्शन ठकुरीले रु ५० हजार बराबरकाे पुरुस्कार पाएका छन । त्यस्तै चिठ्ठा नं १०८० का रुपन्देही भुजाैलीका राम बहादुर जि.सीले रु २५ हजार बराबरकाे र तृतीय काठमाडौ अस्मिता तामाङले रु १२ हजार बराबरकाे पुरुस्कार पाएका हुन ।

आफ्नाे उत्पादन प्रयाेग कर्ताहरुलाई आकर्षक गर्न र महकाे खपत बढाउन पुरुस्कार घाेष्णा गरिएकाे मलमला माैरी उधाेगका संचालक टेक बहादुर खत्रीले बताउनु भयाे । बर्ष भरी बिक्री महमा एक किलाे बराबर एउटा कुपन खरिद कर्तालाई दिईने र बर्षमा एक पटक पुरुस्कार घाेष्णा गरिने संचालक खत्रीले जानकारी गराउनु भयाे ।

पुरुस्कार घाेष्णा कार्यक्रममा सैनामैना वडा नं ३ का वडा सदस्य राेहाेणी प्रसाद चाैधरी, रेडियाे मलमलाका टीका खरेल, किस एफएमका कृष्ण भण्डारी, रेडियाे सैनामैनाका अनिता चाैधरी, विभिन्न पसलका मह बिक्रीकर्ताकाे सहभागीतामा १२ बर्षीय बालिका सुस्मिता खत्रीलाई कार्टुनबाट चिठ्ठा तानेर पुरुस्कार सार्वजनिक गरिएकाे हाे । मलमला माैरी उधाेग बिगत १२ बर्ष देखी सैनामैनामा संचालन हुँदै आएकाे छ भने चिठ्ठा कार्यक्रम गत असारबाट सुरु गरिएकाे उधाेग संचालक खत्रीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.