सैनामैना ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा तेस्रो गाउँपालिका अध्यक्ष कप पुरुष खुला भलिबल प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। श्री शान्ति युवा क्लब, गैडहवा–४, गैडातालको आयोजनामा मंसिर २६ देखि २९ गतेसम्म हुने यो कार्यक्रमले गैडहवा तालको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
आयोजकका अनुसार प्रतियोगितामा राष्ट्रिय स्तरका तीनजना खेलाडी सम्म समावेश गर्न पाइनेछ। सहभागी टिमहरूको संख्या १२ भन्दा बढी भएमा नकआउट आधारमा खेल हुनेछ भने १२ वा कम टिम सहभागी भएमा लिगकम-आउट प्रारूपमा खेलाइनेछ।
भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। द्वितीय स्थानका लागि ६६ हजार, तृतीय स्थानका लागि ३० हजार र सान्त्वना स्थानका लागि २० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट खेलाडीहरूलाई विधागत रूपमा सम्मान गरिनेछ, जसमा उत्कृष्ट सेटर, डिफेन्डर, ब्लकर, स्पाइकर र सर्वर खेलाडीलाई जनही १ हजार ५ सय नगद र सर्वोकृष्ट खेलाडीलाई २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष टंक बहादुर बस्नेतले जानकारी दिनुभयो।
यस कार्यक्रमलाई गैडहवा गाउँपालिकाको आर्थिक सहयोग, वडा नं. ४ को सहकार्य, र श्री शान्ति युवा क्लबको आयोजनामा सम्पन्न गरिनेछ। प्रसार-प्रसार संयोजक सन्त बहादुर क्षेत्रीले खेलप्रेमी, गैडहवा गाउँबासी तथा छिमेकी क्षेत्रका नागरिकहरूलाई यस प्रतियोगिता र सांस्कृतिक कार्यक्रम हेर्न आग्रह गर्नुभएको छ।