Advertisement
Search
Close this search box.

१० हजार माछाका भुरा सैनामैनाको लेडुवा तालमा राखियो

Advertisement
sainamainakhabar.com

सैनामैना, ७ मंसिर ।

विश्व मत्स्य दिवसको अवसर पारेर रुपन्देहीको सैनामैनामा रहेको लेडुवा तालमा १० हजार माछाका भुरा राखिएको छ । १२ बिघा क्षेत्रफलमा फैलिएको यो तालमा सैनामैना नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले तालको संरक्षण गर्दै १० हजार भुरा राखेको हो । 

विगतमा यो तालको संरक्षण हुन नसक्दा यहाँका जलीय जीव र जलचरको वासस्थान र बृद्धिविकासमा समस्या परेको थियो । त,र अहिले भने सैनामैना नगरपालिकाले संरक्षण गरिरहेको छ । विगतका वर्षहरुमा मत्स्य दिवसको अवसरमा खोलाहरुमा भुरा राख्ने गरेको भएता पनि यस वर्ष भने परिमार्जन गर्दै यस तालमा भुराहरु राखिएको हो । 

कार्यक्रममा बोल्द सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले तालको संरक्षण र भुराहरुको हेरचाह गर्न स्थानीयहरुलाई आग्रह गरे । 

भैरहवास्थित डण्डा खोलामा पनि माछासँग सम्बन्धित सरकारी कार्यालयहरुले दश हजार माछाका भुरा राखेका छन् । 

माछा मानिसका लागि स्वास्थ्यवद्र्धक र फलदायी खाद्य हो भने कतिपय समुदायको लागि आम्दानीको स्रोत । तर, माछाको बासस्थान मानिने खोला, नाला, पोखरी ताल तलैयाहरुको संरक्षणको अभाव, अत्याधिक दोहन  तथा बाढी पहिरोका कारणले माछा मारेर जीविकोपार्जन गर्ने समुदायलाई समस्या परेको छ भने जलीय जीवहरुको संख्या पनि घट्दै गइरहेको छ । अझ बजार र कलकारखानाबाट निस्कने रासायनिक र प्लाष्टिकजन्य फोहोर सिधै खोलामा मिसाइएको छ । यसले जलचरको जीवन चक्रमा समस्या निम्त्याउँछ । बजारबाट निस्कने ढलको दुषित पानी समेत सिधै खोलामा मिसाउन नहुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दका निर्देशक दीपक भुसालले बताए । जसले गर्दा जलचरको प्राकृतिक वृद्धि विकास हुन सक्दैन भने प्रजननमा समेत असर पार्छ ।

प्रदुषित पानीमा हुर्किएको माछाको सेवनले मानिसको स्वास्थ्यमा पनि असर गर्ने विज्ञहरुले बताएका छन् । ‘मत्स्य क्षेत्रमा लगानी वृद्धि, खाद्य सुरक्षा, दिगो विकास र समृद्धि’ भन्ने नाराका साथ बिहीबार विश्व मत्स्य दिवस मनाइएको हो । 

जलीय जैविक विविधताको धनी देश नेपालमा २५२ प्रजातिका माछा पाइन्छन्, जसमध्ये १६ प्रजातिका माछाहरु नेपालमा मात्रै पाइने रैथाने माछा हुन् । वातावरण संरक्षण ऐनले वातावरणलाई असर गर्ने कुनै पनि क्रियाकलाप गर्न रोक लगाएको छ । तर, कार्यान्वयन हुन नसक्दा कतिपय जलीय जीवहरु संकटापन्न अवस्थामा पुगेका छन् ।

Advertisement

सैनामैना अपडेट

१० हजार माछाका भुरा सैनामैनाको लेडुवा तालमा राखियो

सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना नगरपालिका-३ स्थित सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कक्षा ८ र ९ का विद्यार्थीहरूलाई लक्षित गरी आयोजित यस कार्यक्रमले ल...

राजनीति

१० हजार माछाका भुरा सैनामैनाको लेडुवा तालमा राखियो

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
१० हजार माछाका भुरा सैनामैनाको लेडुवा तालमा राखियो

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
१० हजार माछाका भुरा सैनामैनाको लेडुवा तालमा राखियो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
१० हजार माछाका भुरा सैनामैनाको लेडुवा तालमा राखियो

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
१० हजार माछाका भुरा सैनामैनाको लेडुवा तालमा राखियो

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
१० हजार माछाका भुरा सैनामैनाको लेडुवा तालमा राखियो

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
१० हजार माछाका भुरा सैनामैनाको लेडुवा तालमा राखियो

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
१० हजार माछाका भुरा सैनामैनाको लेडुवा तालमा राखियो

प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, ज्यान जोगाउन एक घण्टादेखि ईप्रका लुम्बिनीको कार्यालय भित्रै

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्क...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.