Advertisement
Search
Close this search box.

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

Advertisement
sainamainakhabar.com

१६ कात्तिक, बुटवल ।

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको छ ।बाँझो जग्गा उपयोग गरी पार्टीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक खेती सुरु गरेको सो पार्टीले जनाएको छ । सैनामैना नगरपालिका–५ गढवाको एक बिघा जमिनमा बिहीबार पार्टीका रुपन्देही इन्चार्ज वसन्त सी, सेक्रेटरी वीरेन्द्र सी लगायत नेता कार्यकर्ताले श्रमदान गर्दै आलु रोपेका छन् ।

आत्मनिर्भर नेता, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्यअनुसार कृषि उत्पादनमा संलग्न भएको इन्चार्ज वसन्त सीले बताए । नेपाल कृषिप्रधान मुलुक भनिएपनि जग्गा बाँझो रहने तर वर्षेनी अर्बौंको कृषि उपज विदेशबाट आयात भइरहेकाले कृषिमा आत्मनिर्भर बनाउन सामूहिक खेती अघि बढाएको उनको भनाइ छ ।

बुटवलको मोतीपुर, सैनामैनाको बक्सर र छपियामा बाँझो तथा उपयोगहीन जग्गा धनीको सहमतिमा र विद्यालयका जग्गा भाडामा लिएर खेती गरिएको उनले जानकारी दिए ।

पार्टीले उत्पादन गर्ने कृषि उपजहरु पार्टीकै नेता कार्यकर्तालाई सहुलियत दरमा बिक्री गर्ने र पार्टीकै कार्यक्रमहरुमा खपत गरिने इन्चार्ज वसन्तले बताए ।

Biplav Party samuhik kheti 1

कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुमा श्रम संस्कृति हराउंदै गएको अवस्थामा नेकपाले श्रम संस्कृतिलाई देशव्यापी अभियान बनाएको उनले बताए । उत्पादन अभियानमा मानवीय श्रमसँगै मेसिन पनि प्रयोग गरिएको छ ।

रुपन्देहीका विभिन्न स्थानीय तहमा जिल्ला कमिटीले ६ बिघा जग्गामा आलु, तोरी, तरकारी, अरु नगदेबालीको खेती माछापालन गरेको छ ।

रुपन्देहीमा १५ क्वीन्टल आलुको बिउ रोपिएको र देशभर १२० क्वीन्टल बिउ रोपिने रुन्देही सेक्रेटरी वीरेन्द्र सीले बताए ।

रुपन्देहीका १० वटा स्थानीय तहमा पालिका कमिटीले कम्तीमा ५ कठ्ठामा अनिवार्य कृषि उत्पादन गर्नुपर्ने नियम लागु गरेको उनले जानकारी दिए ।

विप्लव नेतृत्वको नेकपा र तिनका भातृ संगठनहरु सधैं चन्दा मागेर चलेको भन्ने भाष्यलाई उत्पादन अभियानले गलत सावित गर्न खोजेको उनको भनाइ छ ।

‘आवश्यक पर्दा स्वेच्छिक रुपमा चन्दा वा अरु सहयोग लिने कुरा त स्वभाविक भयो, तर अब विस्तारै पार्टीलाई आत्मनिर्भर र चन्दामुक्त बनाउनुपर्छ भनेर पार्टीका महासचिव विप्लव स्वयं हरेक दिन ४–५ घण्टा श्रम गर्नुुहुन्छ, त्यसले सिंगो पार्टीपंक्ति उत्साहित भएको छ, आम नागरिकमा पार्टीप्रति सकारात्मक धारणा बनेको छ’, सेक्रेटरी वीरेन्द्रले भने ।

नेकपाले रुपन्देहीसहित देशका विभिन्न जिल्लामा करिब ८० ठाउँमा सामूहिक खेती गरिरहेको छ भने केही ठाउँमा उद्योग पनि चलाएको छ ।
पार्टीको अहिलेसम्म सातवटा केन्द्रीय उत्पादन ब्यूरो, २२ वटा उत्पादन ब्यूरो, ४१ वटा जिल्लास्तर, ७ वटा जनवर्गीय संगठनस्तर र ३ वटा विभागस्तरका इकाइमार्फत उत्पादन भइरहेको छ ।

नेकपाले जुम्ला, कालीकोट लगायतका हिमाली जिल्लामा तीन वर्षमा १० हजार स्याउ रोप्ने अभियान पनि सुरु गरी हालसम्म एक हजार स्याउका बिरुवा रोपिसकेको छ । ( अनलाइन खबर )

Advertisement

सैनामैना अपडेट

रुपन्देहीकाे सैनामैनामा  विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना नगरपालिका-३ स्थित सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कक्षा ८ र ९ का विद्यार्थीहरूलाई लक्षित गरी आयोजित यस कार्यक्रमले ल...

राजनीति

रुपन्देहीकाे सैनामैनामा  विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
रुपन्देहीकाे सैनामैनामा  विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
रुपन्देहीकाे सैनामैनामा  विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
रुपन्देहीकाे सैनामैनामा  विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
रुपन्देहीकाे सैनामैनामा  विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
रुपन्देहीकाे सैनामैनामा  विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
रुपन्देहीकाे सैनामैनामा  विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
रुपन्देहीकाे सैनामैनामा  विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, ज्यान जोगाउन एक घण्टादेखि ईप्रका लुम्बिनीको कार्यालय भित्रै

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्क...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.