सैनामैना ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय सालझण्डीले जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
ईलाका प्रहरी कार्याल सालझण्डीको आयोजनामा श्री नव प्रभात इङलिस स्कुल सालझण्डीका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई साइबर क्राइम,दुर्व्यसनीका बारेमा जानकारी दिनुका साथै प्रहरीले कार्यालयमा गर्ने काम, प्रहरी कार्यालयको स्थलगत अवलोकन समेत गराइएको हो ।
साथै विद्यार्थीहरुले उक्त कार्यक्रममा राखेका प्रश्न हरुको सुहाउदो जवाफ पनि दिइएको छ। उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यलय सालझण्डीका कार्यालय प्रमुख प्रहरी निरिक्षक खगेन्द्र अधिकारीले जनचेतनामुलक प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक खगेन्द्र अधिकारीको अध्यक्षता, स्कुलका शिक्षकको आतिथ्यता, स्कुलमा अध्यनरत कक्षा १० का विद्यार्थीहरुको सहभागीता र ईलाका प्रहरी कार्यालय सालझण्डीका सहि बेगम खनालको सञ्चालनमा प्रहरी कार्यलय सालझण्डीमा सम्पन्न भएको होो ।