Advertisement
Search
Close this search box.

तरुण दलको ७२ औँ स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण : रुपन्देही क्षेत्र नम्बर २

Advertisement
sainamainakhabar.com

सैनामैना ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले देशैभरि नै विभिन्न सामाजिक क्रियाकलाप गर्दै आफ्नो स्थापना दिवस मनाएको छ।
यसैबीच रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्ध आश्रममा नेपाल तरुण दल रूपन्देही क्षेत्र नम्बर २ ले आज आफ्नो ७२ औँ स्थापना दिवसको अवसर खाद्यान्न सामग्री सहयोग गरेको छ।

कार्यक्रमको प्रमुख अतिथि रहनुभएकी लुम्बिनी प्रदेश सांसद एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी प्रमुख सचेतक जमुना ढकालले तरुण दल पार्टीका लागि सधैंभरि तत्पर र सशक्त भएर अग्रपंक्तिमा पुगेकै कारणले गर्दा आज पार्टी यो अवस्थामा पुगेको र विशेष गरी यसको स्थापना कालमा रूपन्देही कै श्रद्धेय नेता बालकृष्ण खाँडले नेतृत्व गरेर देशैभरि तरुणहरुलाई एकेबद्ध गरेर अगाडि बढाकै कारणले गर्दा आज नेपाली कांग्रेस यो स्थानमा रहेको कुरा समेत व्यक्त गर्नुभयो ।


कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जीवी जोशीले वर्तमान अवस्थामा यस क्षेत्रमा पार्टीका कुनै पनि कार्यक्रम नभई राख्दा तरुण दलले यो कार्यक्रम आयोजना गरेर युवाहरूलाई एकेबद्ध गराउन सफल भएको र सँगै यसै क्षेत्रका नेता बालकृष्ण खाडकै नेतृत्वमा देशले युवाहरूको जमातलाई एकबद्ध बनाउनका लागि तरुण दल गठन भइराख्दा देशव्यापी रुपमा नै त्यो समयमा निकै कठिनाई भोगेर भएपनि तरुण दललाई बचाउन सधैंभरि बालकृष्ण खाड र रूपन्देही तत्पर भएर लागेकै कारणले गर्दा आज देशव्यापी रूपमा केही समय अगाडि मात्रै आएको बाढी पहिरोमा तरुण दलले खेलेको भूमिकाप्रति पनि जोशीले प्रशंसा गर्नुभएको थियो।


त्यसै कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य महेश थैवले वर्तमान अवस्थामा सबै दलले आफ्नो एक छाक चिया एक छाक नास्ता कटौती गरेर वृद्धहरूका लागि केही छाक भोजन जम्मा गरेर आज यो हस्तान्तरण कार्यक्रममा आफू सरिक भइराख्दा तरुण युवाहरूप्रति उच्च सम्मानका साथै आगामी दिनमा तरुण युवाले गर्ने क्रियाकलापमा हिजोका जस्तै पूर्ण रुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता सहित पार्टीको हक हितका लागि सधैंभरि एकचित्त भएर लाग्नका लागि समेत अनुरोध गर्नुभयो।


त्यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष एवं प्रवक्ता शिव राना, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर पौडेल, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य महेश पौडेल लगायतले आगामी दिनका लागि तरुण युवालाई सफलताको शुभकामनासँगै स्थापना दिवसमा सकारात्मक सोच र ऊर्जावान युवामा देशप्रतिको माया झल्किँदै देशमै केही गरुन् भन्ने खालका सन्देशरुपी शुभकामना व्यक्त गर्नुभएको थियो।
त्यस्तै श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्ध आश्रममा तरुण दलले चामल, दाल, तेल, चाउचाउ, आलु, चिउरा र पिठो लगायत लगभग ४३ हजार बराबरको खाद्यान्न हस्तान्तरण गरेको थियो । आफ्नो स्थापना दिवसमा सधैंभरि सामाजिक कार्य गरेर मनाउदै आइरहेको जानकारी क्षेत्रीय अध्यक्ष हसन्त लामाले समेत गराउनुभएको थियो।


कार्यक्रममा नेपाल तरुण दल रूपन्देही क्षेत्र नम्बर २ का सभापति हसन्त लामाको अध्यक्षता, नेपाल तरुण दल बुटवल उपमहानगरपालिकाका सभापति सुजन पुनको स्वागत एवं क्षेत्रीय सहसचिव कृष्ण भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला, क्षेत्र, प्रदेशसँगै विभिन्न भात्री संगठनका अध्यक्ष, संयोजक, उपाध्यक्ष सचिव, क्षेत्रीय सदस्य लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

Advertisement

सैनामैना अपडेट

तरुण दलको ७२ औँ स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण : रुपन्देही क्षेत्र नम्बर २

सालझण्डी प्रहरीद्वारा जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सैनामैना । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका  प्रहरी कार्यालय  सालझण्डीले  जनचेतनामूलक  अन्तरक्रिया कार्यक्रम गरेको छ  ।   ईलाका  प्रहरी कार्याल सालझण्डीको आयोजनामा...

राजनीति

तरुण दलको ७२ औँ स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण : रुपन्देही क्षेत्र नम्बर २

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
तरुण दलको ७२ औँ स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण : रुपन्देही क्षेत्र नम्बर २

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
तरुण दलको ७२ औँ स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण : रुपन्देही क्षेत्र नम्बर २

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
तरुण दलको ७२ औँ स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण : रुपन्देही क्षेत्र नम्बर २

प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, ज्यान जोगाउन एक घण्टादेखि ईप्रका लुम्बिनीको कार्यालय भित्रै

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्क...
तरुण दलको ७२ औँ स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण : रुपन्देही क्षेत्र नम्बर २

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै, जुलुसको नेतृत्व प्रचण्डले गर्ने

१० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्न...
तरुण दलको ७२ औँ स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण : रुपन्देही क्षेत्र नम्बर २

डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आ...
तरुण दलको ७२ औँ स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण : रुपन्देही क्षेत्र नम्बर २

सत्ता समीकरण दलहरुको बैठक बस्दै

आज सत्ता समीकरणमा रहेका दलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे सत्ता समीकरणमा रहेका दलहरुको ...
तरुण दलको ७२ औँ स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण : रुपन्देही क्षेत्र नम्बर २

लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गर्नु भएको छ । बिहिवार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

तरुण दलको ७२ औँ स्थापना दिवसमा खाद्यान्न हस्तान्तरण : रुपन्देही क्षेत्र नम्बर २

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

पछिल्ला केहि दिन लगातार बढेको सुनको मुल्य आज भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख...

खेलकुद

1 2 3 4 5
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.