सैनामैना
सैनामैना नगरपालिकाको वडा नम्बर ३ मा अवस्थित सुनगाभा पब्लिक स्कुलले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई आज एक कार्यक्रमका बीच कक्षा १२ का विद्यार्थीले स्वागत गरेको छन ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सुनगाभा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतमले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्नुका साथै यो उमेर अलिक चञ्चलता हुने भएकाले आफैमा आफैँले सम्हाल्नुपर्ने कुरा व्यक्त गर्नुभयो। कतिपय विद्यार्थीहरू पहिलोपटक सुनगाभामा अध्ययनका लागि आएको हुँदा ती विद्यार्थीहरूलाई केही समय सुनगाभा बुझ्नका लागि पनि लाग्ने हुँदा यहाँ अनुशासित र मिहेनती सँगै सबै विद्यार्थीले अवसर पाउने हुँदा यस विद्यालयमा आइसकेपछि अध्ययनप्रतिको रुचिलाई बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका विद्यालयका प्रमुख शैक्षिक सल्लाहकार लालप्रसाद पंगेनी कृष्णले सुनगाभा आफैमा एउटा छुट्टै पहिचान बनाइसकेको यस क्षेत्रको विद्यालय भएको कारणले यहाँ आउने विद्यार्थीले मानसपटलमा नै मैले पढ्नुपर्छ र मेरो नतिजा उत्कृष्ट हुनुपर्छ भन्ने उद्देश्यका साथ आउने हुँदा सम्पूर्ण विद्यार्थीहरु सजिलैसँग सफलताको सिडी चुम्न सफल रहने कुरा व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि एवं विद्यालयका प्राचार्य तिलक केसीले सुनगाभा आफैमा सुन्दर बगैँचा भएको हुँदा विद्यार्थीहरूको पहिलो रोजाई नै यस क्षेत्रमा सुनगाभा रहेको र सुनगाभसले शिक्षा क्षेत्रमा मात्रै नभएर विद्यार्थीमा रहेको अन्तरनिहित प्रतिभालाई पहिचान गरी निखार्नको लागि सधैंभरि तत्पर भएर लाग्नुका साथै नतिजामा पनि यस क्षेत्रमा अब्बल रहेको कुरा व्यक्त गर्नुभयो।
विद्यालयका वरिष्ठ शिक्षक चित्रबहादुर केसीले विद्यार्थीले कसरी आफूले सिक्न सकिन्छ र सो अध्ययनलाई कसरी नजिकैबाट अँगाल्न सकिन्छ र कुन ढङ्गबाट आफूले अध्ययन गर्दै गर्दा फेरि आफ्नो शिक्षामा सुधारसँगै नतिजालाई उत्कृष्ट गराउन सकिन्छ भन्ने उद्देश्यका साथ विद्यार्थीले शिक्षा लिन विद्यालयमा गयो भने ऊ सदैव उत्कृष्ट रहने र अनुशासनलाई आफ्नो मूल मन्त्र ठानेर अगाडि बढ्यो भने जीवनमा कहिले पनि पछि हट्नु नपर्ने कुरा समेत व्यक्त गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका सदस्य केदार कार्कीले जुन ऊर्जाका साथ यहाँहरू यस विद्यालयमा प्रवेश गर्नुभएको छ, त्यो ऊर्जालाई यथावत राख्दै अध्ययनलाई पनि सोही ढङ्गबाट अगाडि बढाउनुभयो भने सुनगाभा यहाँहरुका लागि सधैंभरि तत्पर भएर शिक्षा प्राप्तिका लागि यहाँहरुलाई सहयोग गर्ने कुरा व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा विद्यार्थीहरूले आफूमा रहेको प्रतिभालाई प्रस्फोटन गर्नुका साथै विशेष खालका सांगीतिक प्रस्तुतिसँगै नाचगान समेत गरेर मनोरञ्जन समेत प्रदान गरेका थिए। कार्यक्रमको अध्यक्षता कक्षा १२ का विद्यार्थी अनुराग विकाले गर्नुभएको थियो भने कार्यक्रममा समिर रणपालको स्वागत एवं ओमश्रीका पोखरेलको धन्यवाद र समिर रेश्मी मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।