Advertisement
Search
Close this search box.

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

Advertisement
sainamainakhabar.com

गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उनले प्रहरीको सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताए । 

“अहिले प्रहरीले सिमीत स्रोतसाधनमा काम गर्नुपरेको छ”, गृहमन्त्री लेखकले भने, “नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।” उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरे । पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनको भनाइ थियो ।

उनले संसद्मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनितिक समीकरण बनाएको बताए । “दुई दलबीच सात बुँदे सहमति भएर सरकार निमार्ण भएको छ”, उनले भने, “कांग्रेस र एमाले मिलेर अन्तरिम संविधान बनायौँ सशत्र द्धन्द्धलाई शान्तिमा ल्यायौँ ।” उनले मुलुकमा दुई ठूला दल मिलेर ऐतिहासिक काम गरेको स्मरण गर्दै अहिले पनि संसद्का दुई ठूला दल मिलेर देशको विशिष्ट कार्यभार सम्हाल्न एक ठाउँमा उभिएको बताए । उनले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का नर्गनसमेत आग्रह गरे । 

उक्त समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सम्पूर्ण नागकिरले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले पूर्वाधार विकासमा जोड दिएको बताए । “नेपाल प्रहरीको मुख्य जिम्मेवारी अपराध अनुसन्धान भनेको सहज र सामान्य विषय होइन”, उनले भने, “यो प्रहरीको कार्य उपलब्ध पूर्वाधार कानुन र समाजको सहकार्यमा भर पर्दछ ।” 

Advertisement

सैनामैना अपडेट

राजनीति

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डले बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । माओवादी केन...
सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

उपसभामुखको राजीनामा मागेकै बेला प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्। बुधबार साँझ ५ बजे सिंहदरबारमा बस्नेगरि बैठक बो...
सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताए...
सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

कोशीका पुर्व मुख्यमन्त्री कार्की आजदेखि अनशन बस्दै

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार...
सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा शिफारिस

सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ यादवलाई अष्ट्रे...
सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीको योगदान प्रशंसायोग्य छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने ...
सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आएका मञ्चका सदस...
सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रद...
1 2 3 4 5 6 7

अर्थ अपडेट

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु होः गृहमन्त्री लेखक

नेप्सेमा ७८ अंकको वृद्धि, ८ अर्बको कारोबार

नेप्सेमा आज ७८ अङ्कको वृद्धि भएको छ । विहिबार नेप्सेमा ७८.१७ अङ्कले बढेर २६८८.३८ विन्दुमा रोकिएको छ । आज ३१८ कम्पनिको कारोबार हुदा एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख...

खेलकुद

1 2 3
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.