बुटवल— १५, ढवाहा ।
रुपन्देहीमा अवस्थित, नेपालकै पहिलो स्कुटल यस वेस्टर्न मेगा कलेजका वर्ष २०२४ बि.एच.एम बिभिन्न सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले मिति २०८१/०५/१४ गते शुक्रबार होटल व्यवस्थापन अन्र्तगत “प्रचिनकालिन सभ्यता झल्काउदै, मध्यकालका खानपान तथा बसोवास प्रस्ट्याउँदै आधुनिक युगका खानपान तथा रहन सहन” बारे एक दिने कार्यक्रम आयोजना गरेका छन् । नेपालका लोपोन्मुख राउटे समुदाय, हिमाली क्षेत्रको संस्कृति साथै पाँच तारे होटेलको संस्कृति झल्कने गरी पाहुनाहरुलाई स्वागत तथा सम्मान गरी विभिन्न परीकार बनाई खुवाएका थिए ।
उक्त कार्यक्रममा विद्यार्थीहरुले रोउटे जीवनशैली, पहाडी जीवनशैली र आधुनिक जीवनशैलीकोे बसोवास तथा खानाहरु तयार गरी पस्केका थिए । विद्यार्थीहरुको पठनपाठन लगायत सिर्जनशिलता र नयाँ सिकाईका लागी यस्ता कार्यक्रमहरु कलेजले निरन्तर रुपमा गर्दै आएको कलेजका प्रार्चाय अधिवक्ता किसु शर्मा ले जानकारी गराउनुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रतिनिधि सभा सदस्य माननीय सांसद वासुदेव घिमिरे, विशिष्ठ अतिथि बुटवल उपमहानगरपालिका वार्ड नं १५ का अध्यक्ष शिव राना, विशिष्ठ अतिथि खानेपानी तथा सिचाई मन्त्रालयका पूर्व उप-सचिव इन्जीनियर दुजेन्द्र कुमार वस्नेत, कलेजका अध्यक्ष मेघराज पन्थ, लेखा समिति सदस्य युवराज पन्थको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक सौगात लामिछाने तथा शिक्षक सुमन आचार्य को संयोजकतामा सम्पन्न भएको थियो ।
यस कलेजमा स्नातक तहमा बि.एच.एम र स्नाकोत्तर तहमा एम.बि.ए अध्ययन हुने र वर्ष २०८१ भर्ना खुलेको जानकारी गराउनु भयो ।