Advertisement
Search
Close this search box.

कोशी प्रदेश सरकारका १६ जनाको टोली सोलुमा डेढ लाखको राहत लिएर

Advertisement
sainamainakhabar.com

४ भदौ, सैनामैना।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ को थामे बजारमा बाढीका कारण विस्थापित भएकाहरुको राहत वितरणका लागि कोशी प्रदेश सरकारको जम्बो टोली सोलुखुम्बु पुगेको छ ।

बाढी प्रभावितका लागि ओढ्ने–ओछ्याउने सामग्री लिएर प्रदेश सरकारका दुई मन्त्रीसहित १६ जनाको टोली सदरमुकाम सल्लेरी पुगेको हो ।

फाइबर सिरक, फाइबरकै सिरानी, म्याट्रेस र तन्ना ५०–५० थान लिएर आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी, खानेपानी सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्की सहितको टोली सोलुखुम्बु गएको हो । दुई मन्त्रीसहितको टोलीमा केही कर्मचारी र नेकपा एमालेका कार्यकर्ताहरु पनि छन् ।

बाढी प्रभावित क्षेत्र थामेमा पुग्न सदरमुकाम सल्लेरीबाट करिब दुई दिन हिंड्नुपर्छ । त्यसैले कोशी सरकारका मन्त्रीसहितको टोली सदरमुकाममा राहत हस्तान्तरण गरेर फर्किने तयारीमा छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राहत सामग्री हस्तान्तरणका लागि टोली सोलुखुम्बु सदरमुकाम पुगेको जानकारी दिए । राहत सामग्री प्रमुख जिल्ला अधिकारीलाई बुझाएर फर्किने उनले जानकारी दिए । खाद्यान्न सामग्री माग नभएका कारण ओढ्ने–ओछ्याउने सामान मात्रै लगिएको उनले बताए ।

प्रदेश सरकारले राहत सामग्री खरिद गर्नका लागि करिब डेढ लाख रुपैयाँ खर्च गरेको छ । त्यो सामग्री सोलु पुर्याउन ट्रकलाई ३७ हजार रुपैयाँ भाडा तिरिएको छ । ट्रक आइतबार सल्लेरीमा राहत पुर्‍याएर सोमबार विराटनगर फर्किसकेको छ ।

दुई मन्त्री सहितको टोली भने तीनवटा गाडी चढेर सोमबार सोलु सदरमुकाम गएका थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई राहत सामग्री हस्तान्तरण गर्दैछन् ।

‘डेढ लाखको राहत सामग्रीका लागि दुई मन्त्री दलबल सहित पुग्नु राम्रो होइन’ प्रदेश सरकार स्रोतले अनलाइनखबरसँग भन्यो, ‘विभागीय जिम्मेवारी भएकाले आन्तरिक मामिला मन्त्री जानु स्वाभाविकै हो, खानेपानी मन्त्री पनि जानुको अर्थ छैन ।’

३२ साउनमा हिमपोखरी फुटेर आएको बाढीले पर्यटकीय क्षेत्र थामे गाउँमा ठूलो क्षति भएको थियो । सोलु सदरमुकाम सल्लेरी पुगेको प्रदेश सरकारको टोली पहिरो प्रभावितलाई भेट्न खोटाङ पनि जाने तयारीमा छ । Source: OnlineKhabar

Advertisement

सैनामैना अपडेट

राजनीति

कोशी प्रदेश सरकारका १६ जनाको टोली सोलुमा डेढ लाखको राहत लिएर

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
कोशी प्रदेश सरकारका १६ जनाको टोली सोलुमा डेढ लाखको राहत लिएर

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
कोशी प्रदेश सरकारका १६ जनाको टोली सोलुमा डेढ लाखको राहत लिएर

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
कोशी प्रदेश सरकारका १६ जनाको टोली सोलुमा डेढ लाखको राहत लिएर

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
कोशी प्रदेश सरकारका १६ जनाको टोली सोलुमा डेढ लाखको राहत लिएर

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
कोशी प्रदेश सरकारका १६ जनाको टोली सोलुमा डेढ लाखको राहत लिएर

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
कोशी प्रदेश सरकारका १६ जनाको टोली सोलुमा डेढ लाखको राहत लिएर

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
कोशी प्रदेश सरकारका १६ जनाको टोली सोलुमा डेढ लाखको राहत लिएर

रविलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो ?

 सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको ‘संसदीय विशेष छानबिन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने निर्णय लगत्तै गृहमन...
1 2 3 4 5 6 7 8

अर्थ अपडेट

कोशी प्रदेश सरकारका १६ जनाको टोली सोलुमा डेढ लाखको राहत लिएर

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.