बुटवलकाे वेस्टर्न मेगा कलेजमा अध्ययनरत विद्यार्थीले काफ्टमेन्सीप प्रदर्शनी गरका छन् । रुपन्देहीकाे बुटवल उपमहानगरपालिका वडा नं. १५ ढवाहामा रहेकाे नेपालकै पहिलाे स्कुटल वेस्टर्न मेगा कलेजमा बि.एच.एम दोश्रो सेमेस्टरमा अध्यनरत विधार्थीले कलेजमा काफ्टमेन्सीप प्रदर्शनी गरेका हुन् ।
प्रदर्शनीमा बिद्यार्थीले आफ्नो शिल्पकला प्रस्तुत गर्दै कुल २५ वटा होटल, रिर्सोट, फुडट्रक, रेस्टुरेन्ट तथा अन्य हस्पिटालिटी प्रोजेक्टहरु बनाएर प्रस्तुत गरेका थिए ।
कलेजमा अध्यन अध्यापन सहित बिद्यार्थीलाई व्यवहारिक ज्ञान तथा सिर्जनशिलतामा प्राेत्साहन गर्न यस्ता कार्यक्रमलाई प्रथमिकता दिईएकाे कलेजका प्रचार्य अधिवक्ता किशु शर्माले जानकारी गराउनु भयाे । स्नातक तहमा बि.एच.एम र स्नातकोत्तर तहमा एम.बि.ए अध्ययन हुने याे कलेजमा २०८१ काे भर्ना समेत खाेलिएकाे उहाँले बताउनु भयाे ।
उक्त प्रदर्शनीमा कलेजमा कार्यरत शिक्षक तथा कर्मचारी र बि.एच.एम अध्यनरत बिद्यार्थीको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम संयाेजक सुमन आचार्यले जानकारी गराउनु भयाे ।