२५ साउन रुपन्देही
अनिल पहाडी
गोरखनाथ सामुदायिक सिकाई केन्द्र सैनामैना रुपन्देहीको आयोजना र लायन्स क्लब अफ भृकुटी टाउन मनकामना बुटवलको सहआयोजनामा प्रशंसनिय दृष्टिकोण तथा लागु पदार्थ दुर्व्यसनी नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय सैनामैना १ रानिबँगैचाका कक्षा ११ र १२ मा अध्ययनरत करिब २ सय जना विद्यार्थीहरुलाई उक्त सचेतना कार्यक्रममा सहभागी गराईएको थियो ।
विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष शिवलाल बस्यालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमा इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक प्रदिप पौडेलले लागु पदार्थ दुर्व्यसन तथा कानुनी उपचार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
लागू पदार्थ दुर्व्यसनले युवा वर्गमा पार्ने सामजिक, आर्थिक र राजनैतिक असरबारे कार्यक्रममा छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष शिवलाल बस्यालले विद्यार्थीहरुलाई लागु पदार्थको सेवनबाट टाढा राख्न घरपरिवारबाट नै मनोबैज्ञानिक ढंगले सम्झाउनु र उनीहरुको गतिविधिलाई गहिरो ढंगले अवलोकन गर्नुपर्ने भनाई राख्नु भएको थियो ।
कार्यक्रममा विधालयका प्राध्यानाध्यापक नेत्र पुरी , सह-प्राध्यानाध्यापक यमानन्द चालिसे, विद्यालय व्यवस्थापन समिती शिक्षक प्रतिनिधि बाबुराम पोख्रेल , नारायण शर्मा ,सन्जय गौतम, लायन्स क्लब अफ भृकुटी टाउन मनकामना बुटवलका अध्यक्ष कुसुम थापा , सचिब संगिता कालिराज लगायतको उपस्थिति रहेको थियो ।
गोरखनाथ सामुदायिक सिकाई केन्द्रकि अध्यक्ष लता खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य प्रेमकला सिंजालीले राख्नु भएको थियो भने कार्यक्रम को सन्चालन गोरखनाथ सामुदायिक सिकाई केन्द्रकि कार्यसमिती सदस्य सुष्मा छिनालले गर्नु भएको थियो ।