Advertisement
Search
Close this search box.

बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी

Advertisement
sainamainakhabar.com


बुटवल,१२ साउन । उच्च अदालत बार एशोसियसन बुटवल, समृद्धि सरोकार केन्द्र र बुटवल मिडिया प्रकाशन प्रा.लि. बुटवलको संयुक्त आयोजनामा ‘राजनीतिक स्थिरता र समृद्धिका लागि संविधान संशोधन’ विषयक विचार गोष्ठी शनिबार बुटवलमा सम्पन्न भएको छ ।
उच्च बार बुटवलका अध्यक्ष अधिवक्ता गोविन्द प्रसाद मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै वरिष्ठ अधिवक्ता तेज प्रसाद कंडेलले राजनीतिक स्थिरता र समृद्धिका लागि संविधान, ऐन कानूनका साथै असल नियतको आवश्यकता पर्ने बताए ।
संविधानविद् एवं राजनीतिज्ञ कंडेलले संविधानमा उल्लेख भएका कुराहरुको सही कार्यान्वयन हुन नसक्दा एकपछि अर्को गरी मुलुकमा संकटको स्थिति उत्पन्न भएको चर्चा गर्दै समयको माग र आवश्यकता अनुसार संविधान संशोधन अपरिहार्य हुने बताए । अधिवक्ता महेन्द्र पाण्डेले संविधान जतिसुकै राम्रो भएपनि शासकहरुको नियत सफा नहुँदा सम्म सुशासन र समृद्धि जहिले पनि संकटमा पर्ने बताए ।
कार्यपत्र प्रस्तोता अधिवक्ता पदम कार्कीले सैद्धान्तिक, मूल्य, मान्यता तथा जनताको माग अनुसार समयसमयमा संविधान बन्ने र संशोधन हुने विश्वव्यापी प्रचलन रही आएको बताउँदै नेपालको संविधान संशोधन आवश्यक भएको बताए ।
कार्यक्रममा बोल्दै आयोजक संस्था बुटवल मिडिया प्रकाशन प्रा.लि.का कार्यकारी प्रमुख तथा प्रधान सम्पादक अधिवक्ता डा. बालकृष्ण चापागाईंले संविधान संशोधनको बहस प्रारम्भ भएको सन्दर्भमा किन र कसरी संशोधन ? भन्ने विषयमा गम्भीर बहसको खाँचो भएको बताए ।
समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेले राष्ट्रको आवश्यकता, जनअपेक्षा र संविधान कार्यान्वयनको दश वर्षे अभ्यासले संविधान संशोधन अपरिहार्य भएको बताए । बृद्धिजीवी तथा राजनीतिककर्मी बल बहादुर आचार्यले संविधान भनेको समाजलाई व्यवस्थित रुपमा सुसञ्चालन गर्ने दस्तावेज भएको बताउँदै जनअधिकार र भावनाको सही प्रतिनिधित्व गर्न नसके संविधानप्रति जनताको अपनत्व नरहने बताए । त्यस्तैगरी राजनीतिककर्मी पुरुषोत्तम घिमिरेले सुशासनका लागि संविधानमा कठोर व्यवस्था आवश्यक भएको बताए ।
नेपाल उद्यान (पार्क) महासंघका अध्यक्ष खेमप्रसाद लुइटेलले राजनीतिक नेतृत्वको अदुरदर्शी र अकर्मण्डेताले गर्दा जनतामा निराशा छाएको हुँदा संविधान संशोधनका साथै नेतृत्व पनि सच्चिनुपर्नेमा जोड दिए । अधिवक्ता यमलाल खनालले सुशासन र पारदर्शीताको अभावले मुलुक जर्जर बनिरहेको परिस्थितिमा संविधान संशोधनले सत्कर्ममा जोड दिनुपर्ने बताए । कार्यक्रममा लेखक तथा बुद्धिजीवी क्रषि आजाद र लिलाबल्लभ ढकालले जनअपेक्षा अनुसार संविधान संशोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा सामाजिक, राजनीतिक व्यक्तित्व तथा कलेजका कानून संकायका विद्यार्थीहरु गिरीराज शर्मा, माधव कुमार पौडेल, मुकुन्दराज पोखरेल, कृष्ण भुसाल ‘दीप’, मेघराज भट्टराई, अधिवक्ता यमुना गुरुङ्ग, अधिवक्ता बाबुराम न्यौपाने, राजेन्द्र यादव, हिरा पौडेल, रिता घिमिरे, पुजन सुवेदी, मनिष योगी, सुशील भट्टराई, कृष्ण गाउँले, संगिता बस्नेत, अमर पाण्डे, नवीन खनाल, अनिसा क्षेत्री, सुशीला भण्डारी, ईसराफिल गदी, टोपजंग बुढाथोकी, असमी खड्का, गिरीराज रेग्मी, प्रईशा घिमिरे, क्षितिज पौडेल, लक्की शर्मा, दिवस पाण्डे, विशाल पाण्डे, निर्मल लालफुरिया, मनिषा जायसवाल, तारा पुन, आविस पौडेल, विक्रम ज्ञवाली, जायज रहमान, विकास मिश्रा, उमेश शाह, जितेन्द्र गुप्ता, श्यामु यादव, यमुना आचार्य, कोमल यादव, सोनु विश्वकर्मा, बोम बहादुर विक, मिना बुढा मगर, सन्दीप परियारलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन समृद्धि सरोकार केन्द्रका सचिव अधिवक्ता दामोदर घिमिरेले गरेका थिए ।

Advertisement

सैनामैना अपडेट

राजनीति

बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

बुटवलमा संविधान संशोधन विषयक विचार गोष्ठी

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.