Advertisement
Search
Close this search box.

इनरह्लि क्लब अफ सैनामैनाको पदस्थापना, अध्यक्षमा सुनिता खत्री

Advertisement
sainamainakhabar.com


२०८१ साउन १२
अनिता चौधरी
इनरह्लि क्लब अफ सैनामैनाको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमकाबिच बर्ष २०२३/२४ का अध्यक्ष अनिता न्यौपाने शर्माले बर्ष २०२४/२५ का नवनिर्वाचित अध्यक्ष सुनिता खत्रीलाई पद हस्तान्तरण गर्नुभएको हो
नवनिर्वाचित अध्यक्ष खत्रीले वर्ष २०२४/०२५ का पदाधिकारी तथा सदस्यहरुलाई शपथ खुवाउनुभयो । क्लबको भाइस प्रेसिडेन्टमा दुर्गामाया श्रेष्ठ, सेक्रेटरीमा सिता खनाल, ट्रेजररमा अजिता पाण्डे, आइएसओमा विष्णुमाया पाण्डे र इडिटरमा कमला पौडेल रहनुभएको छ ।
त्यसैगरी एग्जुकेटिभ मेम्बरमा रिता खत्री, लक्ष्मी श्रेष्ठ, पर्वती भट्टराई, मिरा क्षेत्री चयन हुनुभएको छ भने क्लबको बोर्डमेम्बरमा सुनिता लम्साल पन्थी र शारदा घिमिरे चालिसे निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा डिस्ट्रिक चियरमेन आशा श्रेष्ठले “स्वार्थ भन्दा माथी सेवा” भन्ने मूल नाराले स्थापित क्लबले सामाजिक र मानवीय सेवामा महिलाहरुलाई क्रियाशिल बनाउदै समाज परिवर्तनका लागि अग्रसर भएर लागेको उल्लेख गर्नुभयो ।
प्रमुख अतिथि समेत रहनुभएको श्रेष्ठले इनरह्लिले शिक्षाबाट बन्चित रहेका बालबालिकाहरुलाई छात्रवृत्ति, अपांग र असाहायहरुलाई निशुल्क सेवा, स्वास्थ्य शिविर, सिपमुलक तालिम, मानव अधिकार तथा महिला सशक्तीकरण कार्यक्रम, पर्यटन प्रबर्द्धन, धार्मिक र सरसफाई लगायत मानवीय र सामाजिक कार्य गर्दै आइरहेको बताउनुभयो ।
सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाले क्लबले महिलाहरुलाई एकीकृत गरि नेतृत्व तथा क्षमता विकास गरेको बताउनुभयो । उहाँले क्लबमा सहभागी महिलाहरुको नेतृत्व विकाससँगै एकताबद्ध गरि समाजिक, शैक्षिक, राजनीतिक हरेक क्षेत्रमा काम गर्न प्रेरित गर्दै आएको बताउनुभयो ।
क्लबका निवर्तमान अध्यक्ष अनिता न्यौपाने शर्माले आफ्नो कार्यकालमा गरिएका गतिविधिहरुको स्मारिका प्रस्तुुत गर्दै निस्वार्थ सेवाको नारालाई अंगिकार गरि मानवीय, सामाजिक, शैक्षिक, स्वास्थ्य, पर्यटन, धार्मिक क्षेत्रलाई प्राथमिकता राखेर कार्य गरेको बताउदै सामाजिक तथा मानवीय सेवामा लाग्दा सन्तुष्टी, हौसला र उर्जा प्राप्त गरेको बताउनुभयो । उहाले आफु नेतृत्वमा नरहे पनि क्लबलाई आवश्यक पर्ने हरेक काममा उत्तिकै साथ सहयोग रहने उल्लेख गर्नुभयो ।
अध्यक्ष शर्माले आफ्नो कार्यकालमा विभिन्न कार्यक्रमको संयोजन सँगै विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मान सँगै मायाको चिनो प्रदान गर्नुभएको हो ।
आफ्नो कार्यभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष सुनिता खत्रीले आफ्नो कार्यकालमा रचनात्मक र सिर्जनात्मक कार्यक्रमका साथ क्लबलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले आफ्नो कार्यकालमा अग्रजहरुको सुझाब सल्लाह साथ सहयोग लिएर आफ्ना भावी योजना अगाडि बढाई सामाजिक कार्यमा संस्थालाई अझ परिस्कृत गर्दै लैजाने उद्घोष गर्नुभयो ।
कार्यक्रममा इनरह्लि क्लब अफ सैनामैनाका संस्थापक अध्यक्ष दिपिका शर्मा, पुर्वअध्यक्ष मन्जु ज्ञवाली र रिता शाही लगायतको आतिथ्यता रहेको थियोे ।
पद हस्तान्तरण कार्यक्रम क्लबका सचिब दुर्गामाया श्रेष्ठको संचालनमा सप्पन्न भएको थियोे ।

Advertisement

सैनामैना अपडेट

राजनीति

इनरह्लि क्लब अफ सैनामैनाको पदस्थापना, अध्यक्षमा सुनिता खत्री

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
इनरह्लि क्लब अफ सैनामैनाको पदस्थापना, अध्यक्षमा सुनिता खत्री

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
इनरह्लि क्लब अफ सैनामैनाको पदस्थापना, अध्यक्षमा सुनिता खत्री

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
इनरह्लि क्लब अफ सैनामैनाको पदस्थापना, अध्यक्षमा सुनिता खत्री

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
इनरह्लि क्लब अफ सैनामैनाको पदस्थापना, अध्यक्षमा सुनिता खत्री

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
इनरह्लि क्लब अफ सैनामैनाको पदस्थापना, अध्यक्षमा सुनिता खत्री

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
इनरह्लि क्लब अफ सैनामैनाको पदस्थापना, अध्यक्षमा सुनिता खत्री

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
इनरह्लि क्लब अफ सैनामैनाको पदस्थापना, अध्यक्षमा सुनिता खत्री

रविलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो ?

 सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको ‘संसदीय विशेष छानबिन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने निर्णय लगत्तै गृहमन...
1 2 3 4 5 6 7 8

अर्थ अपडेट

इनरह्लि क्लब अफ सैनामैनाको पदस्थापना, अध्यक्षमा सुनिता खत्री

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.