Search
Close this search box.

निःशुल्क होटल व्यवस्थापन तालिम एवं पौडी प्रतियोगिता : वेस्टन मेगा कलेज

सैनामैना ।

पश्चिम क्षेत्रकै पहिलो होटल व्यवस्थापन कलेज कलेज वेष्टर्न मेगा कलेजले प्रदेश स्तरीय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ ।
उक्त पौडी प्रतियोगिता असार ११ र १२ गते बुटवल १५ ढवाहा वेस्टर्न मेगा कलेजको प्राङ्गणमा हुनेछ।

पत्रकार सम्मेलनमा बोल्दै कलेजका अध्यक्ष अध्यक्ष मेघराज पन्थले विद्यार्थीलाई सीपसंग जोडेर प्रदान गरिने शिक्षाले रोजगारीको समेत अवसर प्रदान गर्ने भएकाले सीपमुलक शिक्षा कार्यक्रम सञ्चालन गरेको बताउदै आगामी दिनमा कलेजले सूचना प्रविधिको क्षेत्रमा समेत पठनपाठनको तयारी भईरहेको बताए ।
उक्त पौडी प्रतियोगितामा नेपाल अधिराज्य भरिका कक्षा १२ दिएर बसेका विद्यार्थीहरूले भाग लिन पाउने बताउँदै पौडी प्रतियोगिताको विजेतालाई १५ हजार रूपैयाँ र उपविजेतालाई १० हजार रुपैयाँ प्रदान गर्ने कलेजले जानकारी दिएका छन ।
सहभागी हुनका लागि दर्ता शुल्क रु ५०० लाग्ने बताउँदै पौडी प्रतियोगिताको लागि असारको ७ गते भित्रै नाम दर्ता गराउनु पर्ने छ संगै पौडी प्रतियोगितामा पहिले दर्ताको आधारमा १ सय जना विद्यार्थीलाई प्रतिस्पर्धा गराईने कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले जानकारी दिनुभएको छ।

पौडी प्रतियोगितामा भाग लिनका लागि कलेजको प्रशासनमा अथवा अनलाइन माध्यमबाट भोर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.