Search
Close this search box.

गुल्मीबाट बुटवल आउँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु

सैनामैना ।

गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको जिप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार  बिहान गुल्मीको भार्सेदेखि बुटवल आउँदै गरेको ग २ च ३२६२ नम्बरको जिप गुल्मी कालीगण्डकी गाउँपालिका-४ पुर्तिघाट ओकेङ भन्ने स्थानमा दुर्घटना भएको हो । यस्तै ५ जना घाइते भएका छन् । मृतकको नाम ठेगाना खुलेको छैन । 

दुर्घटनामा परी घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको  प्रहरीले जानकारी दिएको छ । जिपमा ७ जना सवार रहेको  प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.