Search
Close this search box.

सैनामैनामा दुर्गा मन्दिरको सटरहरू भत्काइयो

सैनामैना नगरपालिका वडा नम्बर ३ मुर्गिया स्थित पुरानो सोमबारे हाट बजारको अगाडि रहेका सटरहरू भत्काइएको छ। यो कार्य दुर्गा मन्दिर व्यवस्थापन समिति र सैनामैना नगरपालिकाको संयुक्त पहलमा भएको हो।

दुर्गा मन्दिरले आफ्नो निर्माण योजनाअन्तर्गत बन्न लागेको शैलपुत्री धामको डिपिआर अनुसार सटरहरू भत्काएको छ। दुर्गा मन्दिर व्यवस्थापन समितिका प्रेस सल्लाहकारले स्थानीय न्युज पोर्टलसँगको कुराकानीमा विशेष गरी दुर्गा मन्दिरको निर्माण कार्यलाई अगाडि बढाउन सटरहरू भत्काउनु आवश्यक रहेको बताउनुभयो।

दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले जानकारी गराउँदै भन्नुभयो, “दुर्गा मन्दिरको निर्माण कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि यो कदम चालिएको हो। यो कार्यले स्थानीय जनतालाई पनि निर्माण कार्यमा सहयोग पुग्ने विश्वास गरिएको छ।”

सटर भत्काइएपछि दुर्गा मन्दिरको शैलपुत्री धामको निर्माण कार्यलाई छिटो सम्पन्न गर्न थप प्रयास गरिनेछ। यस कार्यले मन्दिर परिसरलाई सुन्दर र व्यवस्थित बनाउने योजना रहेको छ। स्थानीय व्यापारीहरूले पनि यस कदमलाई समर्थन गर्दै नयाँ संरचनाहरू निर्माणपछि व्यापारिक गतिविधिमा सुधार आउने आशा व्यक्त गरिएको छ

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.