Search
Close this search box.

सुनगाभा जुनियर युवा रेडक्रस सर्कल पुनर्गठन

किस एफएम ८९.३, मुर्गिया ।

सैनामैना नगरपालिका वडा नम्बर ३ मा रहेको सुनगाभा पब्लिक स्कुलमा सुनगाभा जुनियर युवा रेडक्रस सर्कल पुनर्गठन भएको छ ।

आज गठन भएको सुनगाभा जुनियर युवा रेडक्रस सर्कलमा कृस्टिना ज्ञवालीको अध्यक्षतामा गठन गरिएको छ । जस्को उपाध्यक्षमा योजना अधिकारी, सचीव मान्यता पौडेल, सह सचीवमा समृद्ध ढकाल,‌ कोषाध्यक्षमा समिक्षा ढकाल, सह कोषाध्यक्षमा कार्तिक महत्रा, सदस्यहरुमा आसियाना गैरे, अदिति कार्की,‌ रोजिन पोख्रेल, ईसीका पौडेल रहेका छन ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नेपाल रेडक्रस सोसाइटी पर्रोहा शाखाको सभापति मिना भण्डारीले युवा रेडक्रस सर्कलले समाज सेवा विद्यालयबाट नै सामाजिक कार्य गर्नका लागि उत्साहित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि रहनुभएका विद्यालयका प्राचार्य तिलक केसीले अध्यापन सँगसँगै विद्यार्थीहरूलाई प्रयोगात्मक रुपमा नै सामाजिक कार्यमा लगाउनुपर्ने कुरा व्यक्त गर्नुभयो ।

पदस्थापना कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज गौतमको अध्यक्षता भएको थियो भने कार्यक्रमको शिक्षक नायक लक्ष्मण खनालले सञ्चालन गरिका थिए ।

प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.