Advertisement
Search
Close this search box.

भैरहवामा अनलाइन सट्टेबाजीमा संलग्न १४ भारतीय नागरिक पक्राउ

Advertisement
sainamainakhabar.com

बुटवल ।

अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा १४ जनालाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ । मंगलबार बिहान सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ सगुन पथ स्थित अस्फाक आलमको घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने सबै भारतीय नागरिक हुन् । गोप्य सूचनाको आधारमा अवैध रुपमा अनलाइन गेममार्फत (जुवा सट्टाबाजी) सञ्चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नविन पौडेलले बताए । उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाइल सेटहरु ४० थान, विभिन्न कम्पनीको ल्यापटप ३ थान र इन्तरनेट राउटर २ थान समेत बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

‘वाट्सएप समेतको माध्यमबाट बिभिन्न  नाममा अनलाइन् ग्रुप (टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप ) बनाइ क्रिकेट, फुटबल, हक्की, हर्स रेस लगायतका गेमहरु lordsexchange, allpanel, allpanel777, saffron, taj007, classiccexch99, goexch9 लगायतका वेबसाइटहरुबाट अवैध रुपमा अनलाईन बेटिङ (जुवा सट्टावाजी) सञ्चालन गरिरहेको अवस्थामा १४ जना भारतिय नागरीक लाई पक्राउ गरिएको हो’, डीएसपी पौडेलले भने ।

पक्राउ पर्नेमा भारतको हरियाणा प्रदेश पासकुल्ला जिल्ला पिन्जोर पोष्ट अफिस ईन्दोर थानाका ३३ वर्षीय साहिल सोडा, उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुरका १८ वर्षीय श्याम गुप्ता, उत्तर प्रदेश देवरीया जिल्ला गौरीबजार पोष्टका २० वर्षीय रवि जैसवाल, हरियाणा प्रदेश फरिदावाद जिल्ला खडकेला थाना खिडि पोष्ट अफिसका २४ वर्षीय अनुराग सिंह, सोही स्थानका १९ वर्षीय नितेश वर्मा, गोरखपुर जिल्ला मोतिताम पोष्ट अफिस बिष्णुपुरा थानाका २१ वर्षीय दिपक जैसवाल र गोरखपुर जिल्ला गाईन्ड पोष्ट अफिसका २२ वर्षीय रजत कुमार रहेका छन् ।

त्यसैगरी उत्तर प्रदेश गोरखपुर जिल्ला एम्स पोष्ट अफिस कुडाघाट पोष्टका १८ वर्षीय लक्की जैसवाल, जिल्ला संतकविर पोष्ट अफिस खलिलवा थानाका २१ वर्षीय सतेन्द्र कुमार, सोही स्थानका २५ वर्षीय अवधेश कुमार, १८ वर्षीय मोहित कुमार, गोरखपुर जिल्ला क्यान्ट थाना मोहदिपर पोष्टका २० वर्षीय प्रियान्सु जैसवाल, सोही स्थानका १९ वर्षीय मनिष पासवान र उत्तर प्रदेश आजमगढ जिल्ला सदर थाना पोष्टका २५ वर्षीय शिवम सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरिएकाहरुलाई रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ जिल्ला प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको डीएसपी पौडेलले जानकारी दिए ।

Advertisement

सैनामैना अपडेट

भैरहवामा अनलाइन सट्टेबाजीमा संलग्न १४ भारतीय नागरिक पक्राउ

सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना नगरपालिका-३ स्थित सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कक्षा ८ र ९ का विद्यार्थीहरूलाई लक्षित गरी आयोजित यस कार्यक्रमले ल...

राजनीति

भैरहवामा अनलाइन सट्टेबाजीमा संलग्न १४ भारतीय नागरिक पक्राउ

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
भैरहवामा अनलाइन सट्टेबाजीमा संलग्न १४ भारतीय नागरिक पक्राउ

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
भैरहवामा अनलाइन सट्टेबाजीमा संलग्न १४ भारतीय नागरिक पक्राउ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
भैरहवामा अनलाइन सट्टेबाजीमा संलग्न १४ भारतीय नागरिक पक्राउ

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
भैरहवामा अनलाइन सट्टेबाजीमा संलग्न १४ भारतीय नागरिक पक्राउ

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
भैरहवामा अनलाइन सट्टेबाजीमा संलग्न १४ भारतीय नागरिक पक्राउ

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
भैरहवामा अनलाइन सट्टेबाजीमा संलग्न १४ भारतीय नागरिक पक्राउ

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
भैरहवामा अनलाइन सट्टेबाजीमा संलग्न १४ भारतीय नागरिक पक्राउ

प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, ज्यान जोगाउन एक घण्टादेखि ईप्रका लुम्बिनीको कार्यालय भित्रै

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्क...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.