Advertisement
Search
Close this search box.

रूपन्देही सुपर लिग : शंकरनगरलाई हराउँदै बुटवल राइनोज विजयी

Advertisement
sainamainakhabar.com

भैरहवा, १ मंसिर ।

रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘बी’ को शनिबारको खेलमा बुटवल राइनोज विजयी भएको छ । उसले शंकरनगर क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै विजयी भएको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रतियोगितामा जीतका लागि पाएको १ सय ८ रनको लक्ष्य बुटवल राइनोजले ७ विकेट गुमाएर भेट्टायो । उसले मौसमका कारण ४० ओभरमा छोट्याइएको खेलमा ३५ ओभर २ बल खेल्दै लक्ष्य पूरा गरेको हो ।

बुटवल राइनोजका लागि नितिन त्रिपाठीले अविजित ४६, शिव कुँवरले २० र विपिनविक्रम शाहीले १९ रनको योगदान दिए । बलिङमा शंकरनगरका रुपेश बश्यालले २ तथा नवीन भण्डारीले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको शंकरनगरले ४० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ७ रन बनाएको थियो । उसका लागि रुपेश बस्यालले २०, अबय विश्वकर्माले १७, अभिनव अधिकारीले १४ र जय गोदारले १२ रन जोडे पनि जीतका लागि पर्याप्त भएन ।

बलिङमा बुटवल राइनोजका शिव कुँवर र विपिनविक्रम शाहीले २–२ तथा सुप्रिम कँडेल, विकाश साहु र शुभम घमालले १–१ विकेट हात पारे । खेलमा शिव कुँवर प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाँणले जानकारी दिए ।

सुपर लिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपर लिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपर लिग पछि आयोजना हुनेछ ।-खबर पात्राे

Advertisement

सैनामैना अपडेट

रूपन्देही सुपर लिग : शंकरनगरलाई हराउँदै बुटवल राइनोज विजयी

सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना नगरपालिका-३ स्थित सुनगाभा पब्लिक स्कूलमा लागुऔषध दुर्व्यसनीबारे सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कक्षा ८ र ९ का विद्यार्थीहरूलाई लक्षित गरी आयोजित यस कार्यक्रमले ल...

राजनीति

रूपन्देही सुपर लिग : शंकरनगरलाई हराउँदै बुटवल राइनोज विजयी

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
रूपन्देही सुपर लिग : शंकरनगरलाई हराउँदै बुटवल राइनोज विजयी

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
रूपन्देही सुपर लिग : शंकरनगरलाई हराउँदै बुटवल राइनोज विजयी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
रूपन्देही सुपर लिग : शंकरनगरलाई हराउँदै बुटवल राइनोज विजयी

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
रूपन्देही सुपर लिग : शंकरनगरलाई हराउँदै बुटवल राइनोज विजयी

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
रूपन्देही सुपर लिग : शंकरनगरलाई हराउँदै बुटवल राइनोज विजयी

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
रूपन्देही सुपर लिग : शंकरनगरलाई हराउँदै बुटवल राइनोज विजयी

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
रूपन्देही सुपर लिग : शंकरनगरलाई हराउँदै बुटवल राइनोज विजयी

प्रदेश सांसद गुप्तामाथि युवाहरुको आक्रमण, ज्यान जोगाउन एक घण्टादेखि ईप्रका लुम्बिनीको कार्यालय भित्रै

बुटवल । लुम्बिनी प्रदेशका सांसद सिके गुप्तामाथि शनिबार विहान युवाहरुको समुहले हातपात गरेका छन् । रुपन्देहीलको लुम्बिनी साँस्क...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.