Advertisement
Search
Close this search box.

आज तीजको दरखाने दिन : एकता र मेलमिलापको प्रतीक

Advertisement
sainamainakhabar.com

२० भदौ ।
आज हरितालिका तीजको अघिल्लो दिन दर खाएर मनाइँदै छ । दरखाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ ।

तीजको दिन निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडिलाेका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।

सनातन हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यसै दिनदेखि दिनबाट सुरु हुन्छ ।

दरखाने दिन परिवार, नातेदार र आफन्तहरू बीचको एकता र मेलमिलापको प्रतीक हो । यस दिन परिवारका सबै सदस्यहरू, आफन्तहरू र साथीहरूलाई आमन्त्रित गरिन्छ । सबैजना एक ठाउँमा भेला भएर भोजन गर्छन्, जसले पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।

तीज र दरखाने दिन महिलाहरूका लागि विशेष अवसर हो, जहाँ उनीहरू आफ्नो सुखदुःख बाँड्न सक्छन् । यो दिन महिलाहरूले एकापसमा आत्मीयता साटासाट गरेर सामाजिक, मानसिक र भावनात्मक रूपमा सशक्त बन्ने मौका पाउँछन् ।

शाब्दिक रूपमा दर भनेको दरो या बलियो भन्ने बुझिन्छ । भोलि व्रत या पूजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा अघिल्लो दिनको राति दरिलो वा आडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो, यही चलनलाई ‘दर खाने दिन’ भनिएको हो ।

ज्योतिषाचार्य एवम् वास्तुविद् पण्डित नारायणप्रसाद दुलालका अनुसार धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाकै दिन दर खाई तृतीयामा व्रत तथा पूजाको प्रभावले महादेव स्वामी पाएको विश्वास छ । ‘त्यसैले दर खाने दिनले सामाजिक, सांस्कृतिक, र धार्मिक दृष्टिकोणले विशेष महत्त्व राख्दछ,’ उनले भने ।

तीजको दिन भोले बाबाको व्रत बस्दा भोको पेट भयो भने स्वाभाविक रुपमा व्रतालुको ध्यान भोक र भोजनतिर जाने भएकोले पूर्ण ध्यान भगवानमा मात्र जाओस् भन्ने उद्देश्यले अघिल्लै दिन खाइने पौष्टिकताले भरिपूर्ण दरिलो परिकार भोजन गर्ने चलन छ ।

परिवारका सबै सदस्यहरू, आफन्तहरू र साथीहरू सबैजना एक ठाउँमा भेला भएर विशेष रूपमा गीतसङ्गीत, नृत्य र भजनकीर्तनको पनि आयोजना गरिन्छ । यो दिन पारिवारिक वातावरणलाई अझ रमाइलो बनाउँछ । यो समयमा परम्परागत गीतहरू पनि गाइन्छन् जसमा दुःख, सुख र भावनाहरू व्यक्त हुन्छन् ।

तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाएर मीठामीठा परिकार खुवाउने चलन छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले योग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ । तीजमा महिलाहरूले दरका रूपमा खीर, पुरी, तरकारी, सेल रोटी, मिठाइहरू आदि बनाउने परम्परा पनि छ ।

स्थान अनुसार दरखाने परिकारहरू फरक-फरक छन् । त्यस्तै आधुनिकतासँगै परिकारहरूमा पनि फरक आउन थालेको देखिन्छ । हिजोआज तीज आउनुभन्दा हप्तौं अघिदेखि नै दर खाने र खुवाउने कार्यक्रम हुने गर्दछन् ।

शहरबजारमा हुने यस्ता दर कार्यक्रममा सात्विक, तामसी तथा मदिरायुक्त भोजन समावेश हुन थालेको देखिन्छ । यो दरको नाममा विकृति भएको ज्योतिषाचार्य दुलाल बताउँछन् । ‘दरका नाममा मादक पदार्थको प्रयोग तथा खानाको अति प्रयोगले व्यक्तिको शारीरिक स्वास्थ्यमा असर पुर्याउँछ नै, समाज र स्वास्थ्य समेत खलबलिन्छ’ दुलाल भन्छन्, ‘यसले बालबच्चा र नयाँ पुस्तालाई नराम्रो असर पारेको देखिन्छ, त्यसैले विकृति, विसङ्गति र खानपिनप्रति सचेत हुन आवश्यक छ ।’

Advertisement

सैनामैना अपडेट

राजनीति

आज तीजको दरखाने दिन : एकता र मेलमिलापको प्रतीक

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
आज तीजको दरखाने दिन : एकता र मेलमिलापको प्रतीक

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
आज तीजको दरखाने दिन : एकता र मेलमिलापको प्रतीक

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
आज तीजको दरखाने दिन : एकता र मेलमिलापको प्रतीक

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
आज तीजको दरखाने दिन : एकता र मेलमिलापको प्रतीक

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
आज तीजको दरखाने दिन : एकता र मेलमिलापको प्रतीक

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
आज तीजको दरखाने दिन : एकता र मेलमिलापको प्रतीक

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
आज तीजको दरखाने दिन : एकता र मेलमिलापको प्रतीक

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

आज तीजको दरखाने दिन : एकता र मेलमिलापको प्रतीक

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.