Advertisement
Search
Close this search box.

आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन

Advertisement
sainamainakhabar.com

१७ भदौ ।
आज कुशे औँसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् ।

प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्वका दिन शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीककाे रूपमा पुजा आरधना गर्ने गर्दैछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजीकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको छ । अरू दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तीको कामनाले आउने गरेका छन् ।

Advertisement

सैनामैना अपडेट

राजनीति

आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

आज कुशे औँसी पर्व, बाबुको मुख हेर्ने दिन

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.