Advertisement
Search
Close this search box.

पहिरोले गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध, छत्रकोटमा घर बगायो

Advertisement
sainamainakhabar.com

गए रातिदेखि परेको अबिरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो । 

त्यसैगरी तम्घास‐रिडी सडकअन्तर्गत रुरुक्षेत्र गाउँपालिका १ को रिडी खर्ज्याङ सडक र  तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खस्दा सो क्षेत्रमा  पूर्णरुपमा अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

अविरल वर्षाका कारण रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अबरुद्ध बनेको छ । सडक अबरुद्ध बनेपछि सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐काठमाडौँसम्म जाने लामो तथा छोटोदुरीका सवारी साधनहरु बीचबाटोमै अलपत्र परेका छन् । 

सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भैरहे पनि वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

बाढीले घर बगायो
त्यसैगरी अबिरल वर्षाका कारण गुल्मीको छत्रकोट गाउँपालिका–५ दुमैमा खोलामा आएको बाढीले स्थानीय रामबहादुर बुचाको घर बगाएको छ । बुचाको दुईतले घर बगाउँदा दुईवटा बाख्रासहित १५ वटा कुखुरा मरेका छन भने एउटा स्कुटर समेत बगाइदिएको छ । उक्त घटनामा मानवीय क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ । हावाहुरीसहित आएको वर्षाका कारण मकैवालीमा समेत पूर्ण रुपमा क्षति पुर्याएको छ । 

वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आउने तीन दर्जनभन्दा बढी सडकहरु समेत अबरुद्ध बनेको जनाइएको छ । वर्षाका कारण थप जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनार र पहिरो ग्रस्त क्षेत्रका बासिन्दाहरुलाई सर्त भइ सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छ ।

Advertisement

सैनामैना अपडेट

राजनीति

पहिरोले गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध, छत्रकोटमा घर बगायो

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोडको चेक हस्तान्तरण ...
पहिरोले गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध, छत्रकोटमा घर बगायो

देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार: गृह मन्त्रालय

मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई स...
पहिरोले गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध, छत्रकोटमा घर बगायो

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्...
पहिरोले गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध, छत्रकोटमा घर बगायो

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकले प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको विरुद्ध प्राप...
पहिरोले गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध, छत्रकोटमा घर बगायो

एलडिसीका लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई परराष्ट्रमन्त्री राणाको आग्रह

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन...
पहिरोले गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध, छत्रकोटमा घर बगायो

स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरको छ । आयोगले २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपन...
पहिरोले गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध, छत्रकोटमा घर बगायो

रविले छानविनमा निसर्त सहयोग गर्नुपर्छ : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित पार्ने काम गरिहेको आरोप लगाएका छन् । धन...
पहिरोले गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध, छत्रकोटमा घर बगायो

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय...
1 2 3 4 5 6 7 8 9

अर्थ अपडेट

पहिरोले गुल्मीको तम्घास-रिडी-वामीटक्सार सडक अबरुद्ध, छत्रकोटमा घर बगायो

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरक...

खेलकुद

1 2 3 4
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.