१८ साउन ।
काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हासिल गरेको छ । भुटानको राजधानी थिम्पु स्थित चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज बिहान भएको पुरुषतर्फको खेलमा नेपालले भुटानलाई २–० को सोझो सेटमा पराजित गरेको हो ।
मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१–१४ ले आफ्नो पक्षमा पारे । पहिलो खेलमा नेपाल माल्दिभ्ससँग २–० को सोझो सेटमा पराजित भएको थियो ।