१६ साउन ।
काठमाडौंकाे बल्खु खोलाको बाढीमा परी एक जनाको मृत्यु भएको छ । बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव
बुल्खु पुलमुनि अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । काठमाडौंको सुकुम्बासी टोलमा बस्दै आएका महतोको बाढीमा परी मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।
मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि बागमती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायतका नदि तथा खाेलाहरूमा जलसतहले खतराको तह पार गरेको थियो ।
बाढी खोला किनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले बताए ।