Search
Close this search box.

सैनामैना मावि र सिद्दार्थ मेमोरियल प्रथम: विश्व वातावरण दिवस

सैनामैना, २०८१ जेठ २३

विश्व वातावरण दिवस २०२४ को अवसरमा स्थानीय स्काउट सैनामैना नगरपालिकाको आयोजना र सैनामैना ओपेन स्काउट क्रिउको व्यवस्थापनमा विद्यालय स्तरीय वक्तृत्वकला तथा चित्रकला प्रतियोगिता सम्पन्न भयो। “बदलियो वातावरण र त्यसको प्रभाव” शीर्षकमा वक्तृत्वकला र “विश्व वातावरण” शीर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको यस कार्यक्रममा सैनामैना नगरपालिका र कन्चन गाउँपालिकाका १२ विद्यालयहरूको सहभागिता थियो।

वक्तृत्वकला प्रतियोगितामा सैनामैना पर्रोहा परमेश्वर माविका दर्शन ज्ञवाली प्रथम, न्यू एकेडेमी इंग्लिश बोर्डिङ स्कूलका ईशन्त पाण्डे द्वितीय, र जनकल्याण माविकी रितिका पराजुली तृतीय भइन। चित्रकला प्रतियोगितामा सिद्धार्थ मेमोरियल स्कूलकी सृष्टि थारु प्रथम, सैनामैना पर्रोहा परमेश्वर माविका आश्रेय जीसी द्वितीय, जनचेतना माविकी आयुष्मा गैरे तृतीय, र प्रगति माविकी खुसी सहानीले सान्त्वना पुरस्कार प्राप्त गरीन।

यस कार्यक्रममा नेपाल स्काउट स्थानीय स्काउट कार्यसमिति प्रमुख आयुक्त श्री विष्णु प्रसाद घिमिरे अध्यक्षका रुपमा, सैनामैना नगरपालिकाका उपप्रमुख श्री बिना राना प्रमुख अतिथिका रुपमा, सहिद नारायन पोख्रेल रामपुर क्याम्पसका प्रमुख श्री हेम बहादुर थापा विशिष्ट अतिथिका रुपमा उपस्थित हुनुभएकाे थियाे। यसैगरी नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यकारी समिति सदस्य श्री चन्द्रिका भट्टराई, लुम्बिनी प्रदेश युथ काउन्सिल सदस्य , SPS कोच रोवर शुशिल मराशिनी, र सैनामैनाका विभिन्न स्काउट रोवर र रेञ्जरहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन सैनामैना ओपेन स्काउट क्रिउका टिम लिडर अमृती सुनारले गरेकी थिइन।

सैनामैना पर्रोहा परमेश्वर नमूना मावि बाट सहभागी विद्यार्थी दर्शन ज्ञवालीले वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान र आश्रेय जीसीले चित्रकला प्रतियोगितामा द्वितीय स्थान हासिल गरेकोमा हार्दिक बधाई तथा आगामी प्रतियोगिताहरूमा अझ उत्कृष्टता हासिल गर्दै जाने शुभकामना व्यक्त गरिएको छ। आयोजकले यस अवसरमा सबै सहभागी विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्दै वातावरण संरक्षणको महत्त्व र सचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिने बताएका छन्।

image 11
प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.