Advertisement
Search
Close this search box.

समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री

Advertisement
sainamainakhabar.com

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन्।

नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै अनेकौं कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने विश्वास प्रधानमन्त्री ओलीको छ।

‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गछौँ। यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु। देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो।’

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहिनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ।’

प्रधानमन्त्री ओलीले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् भन्दै यिनलाई परस्पर विरोधी शक्तिका रुपमा नभइ तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

मुलुकमा आज विकास केवल सपना नभइ यथार्थ बनिरहेका, यस बीचमा ग्रामीण भेगहरूमा बनेका भौतिक पूर्वाधार, तिनले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि भएका प्रधानमन्त्रीले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले युवापुस्ता राष्ट्रका सम्भावना भएकाले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको सन्देशमा बताए।

सन्देशमा भनिएको छ, ‘मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नुपर्दछ ।’

[sharethis-reaction-buttons]
(सैनामैना खबर अनलाईन न्युज पाेर्टलमा रहेका कुनैपनि सामग्रीबारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई sainamainakhabar@gmail.com मा पठाउनुहोला।)
Advertisement

सैनामैना अपडेट

सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ : नगर प्रमुख शर्मा

सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ : नगर प्रमुख शर्मा

रुपन्देही । सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सञ्चारमाध्यमहरुले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । मंगलबार सामुदायीक रेडियो सैनामैना ९१ मेगाहर्जको भित्ते पात्र...

राजनीति

राष्ट्रपति पौडेलद्वारा संघीय संसदको बर्खे अधिवेशन आह्‍वान

राष्ट्रपति पौडेलद्वारा संघीय संसदको बर्खे अधिवेशन आह्‍वान

काठमाडौं ।  मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका बर्खे अधिवेशनको आह्‍वान आह्‍वान गरेका छन्। वैशाख ...
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री

समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवह...
एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली

रुपन्देही । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृ...
एमाले रुपन्देहीको जागरण सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

एमाले रुपन्देहीको जागरण सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदै छन्। नेकपा एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा स...
आइजीपी थापा एमालेको युवा संघको सहअध्यक्ष भएको आरोप

आइजीपी थापा एमालेको युवा संघको सहअध्यक्ष भएको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख आइजीपी दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्र...
प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्ने भएका छन् । उनको सम्वोधनका लागि प्रदेशसभा सचिवालयले ला...
ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

सैनामैना । नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।सोमबार क्याम्पसमा सम्पन्न ...
प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
1 2 3 4 5 6 7 8 9 10 11 12

अर्थ अपडेट

सुनको मूल्यमा भारी वृद्धी, एकैदिन ५ हजार ७ सयले बढ्यो

सुनको मूल्यमा भारी वृद्धी, एकैदिन ५ हजार ७ सयले बढ्यो

काठमाडौं । सुनको मूल्यमा भारी वृद्धि भएको छ। अघिल्लो दिन तोलामा २ हजार बढेको सुन आज एकै दिन ५ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.