Advertisement
Search
Close this search box.

प्रथम बीवाईसी कपको उपाधी मणिमुकुन्द लाई

Advertisement
sainamainakhabar.com

सैनामैना । प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिताको उपाधी मणिमुकुन्द भलिबल क्लब बुटवलले हात पारेको छ । शनिबार आज भएको फाईनल खेलमा मणिमुकुन्दले न्यू होराईजोन बुटवललाई ३-० को सोझो सेटमा पाखा लगाउँदै उपाधी चुमेको हो ।

उपाधी रक्षाका लागि मणिमुकुन्दले पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै होराईजोनलाई उपविजेतामा सिमित हुन बाध्य बनाएको थियो ।

“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ बुद्धनगर युवा क्लबको आयोजनामा चैत्र २७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको अन्तिम दिन सेमिफाईनल र फाईनल खेल भएका थिए ।

आज भएको पहिलो सेमिफाईनल खेलमा आयोजक बुद्धनगर युवा क्लबलाई ३-० को सोझो सेटमा हराउँदै होराईजोन फाईनल प्रवेश गरेको थियो । उसले फाईनलमा स्थान सुरक्षा गर्न बुद्धनगर युवा क्लबलाई पहिलो सेट २५–२०, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–२१ ले हराएको थियो ।

त्यस्तै, निकै नै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफाईनल खेल मणिमुकुन्दले ३-२ को सेट अन्तरले आफ्नो पक्षमा पार्दै फाईनलमा स्थान बनाएको थियो । उसले गोलपार्क स्र्पोटस् क्लबलाई पहिलो सेट २७-१७, चौथो सेट २७-२५ र पाचौँ सेट १५-१० ले जितेको थियो । दोस्रो र तेस्रो सेट भने क्रमश २५-२१ र २५-१४ ले गोलपार्कले आफ्नो पक्षमा पारेको थियो ।

फाईनल खेलमा न्यू होराईजोनलाई हराएसँगै मणिमुकुन्दले १ लाख ५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको न्यु होराइजनले ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाईनल पुग्ने गोलपार्क भलिबल क्लब र आयोजक बुद्धनगर युवा क्लबले समान १५ हजार ५५ ससय ५५ रुपैयाँ प्राप्त गरेको प्रतियोगिताका खेल संयोजक दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै, विधागत तर्फ उत्कृष्ट लिब्रो सौरभ सिंंजली, उत्कृष्ट सर्भर राजन तरामु, उत्कृष्ट स्पाईकर प्रदीप चौधरी, उत्कृष्ट सेटर लोकेन्द्र भण्डारी, उत्कृष्ट ब्लकर चिरन खड्का र उत्कृष्ट खेलाडी रेशम बि.क. बन्न सफल भएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख मानव अधिकार तथा शान्ति समाजका पूर्व केन्द्रिय अध्यक्ष गोविन्द खनालले खेलले व्यक्तिलाई स्वस्थ र अनुशासित बनाउने बताउनुभयो ।

युवा क्लबहरुले आयोजना गर्ने यस किसिमको खेल प्रतियोगिताले नयाँ प्रतिभाहरुलाई अवसर प्रदान गर्नुका साथै खेल क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

उहाँले सैनामैनामा हुने राष्ट्रिय र वडास्तरका खेल प्रतियोगिताले यस क्षेत्रका खेलाडीलाई अनुभवी खेलाडीहरुसँँग खेल्दा खेल सिकाईमा मदत पुग्नेछ भने वडा स्तरका खेलले नव प्रतिभाको पहिचान, खेलाडी उत्पादन र खेल क्षमता विकासमा उत्तिकै सहयोग पुग्नले उदायमान खेलाडीहरुलाई राष्ट्रियस्तरसम्म खेल खेल्ने वातावरण बनाउन र खेलकुद विकासलाई अगाडि बढाउन सबै क्षेत्रबाट सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

[sharethis-reaction-buttons]
(सैनामैना खबर अनलाईन न्युज पाेर्टलमा रहेका कुनैपनि सामग्रीबारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई sainamainakhabar@gmail.com मा पठाउनुहोला।)
Advertisement

सैनामैना अपडेट

सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ : नगर प्रमुख शर्मा

सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ : नगर प्रमुख शर्मा

रुपन्देही । सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सञ्चारमाध्यमहरुले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । मंगलबार सामुदायीक रेडियो सैनामैना ९१ मेगाहर्जको भित्ते पात्र...

राजनीति

राष्ट्रपति पौडेलद्वारा संघीय संसदको बर्खे अधिवेशन आह्‍वान

राष्ट्रपति पौडेलद्वारा संघीय संसदको बर्खे अधिवेशन आह्‍वान

काठमाडौं ।  मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका बर्खे अधिवेशनको आह्‍वान आह्‍वान गरेका छन्। वैशाख ...
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री

समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवह...
एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली

रुपन्देही । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृ...
एमाले रुपन्देहीको जागरण सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

एमाले रुपन्देहीको जागरण सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदै छन्। नेकपा एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा स...
आइजीपी थापा एमालेको युवा संघको सहअध्यक्ष भएको आरोप

आइजीपी थापा एमालेको युवा संघको सहअध्यक्ष भएको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख आइजीपी दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्र...
प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्ने भएका छन् । उनको सम्वोधनका लागि प्रदेशसभा सचिवालयले ला...
ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

सैनामैना । नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।सोमबार क्याम्पसमा सम्पन्न ...
प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
1 2 3 4 5 6 7 8 9 10 11 12

अर्थ अपडेट

सुनको मूल्यमा भारी वृद्धी, एकैदिन ५ हजार ७ सयले बढ्यो

सुनको मूल्यमा भारी वृद्धी, एकैदिन ५ हजार ७ सयले बढ्यो

काठमाडौं । सुनको मूल्यमा भारी वृद्धि भएको छ। अघिल्लो दिन तोलामा २ हजार बढेको सुन आज एकै दिन ५ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.