सैनामैना । प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिताको सेमिफाईन खेल्ने चार टोलीको टुंगो लागेको छ । बुद्धनगर युवा क्लबको आयोजनामा बुधबारदेखि शुरु भएको प्रतियोगिताबाट आज मणिमुकुन्द भलिबल क्लब, न्यु होराइजन युवा क्लब र गोलपार्क युवा क्लब विजयी हुदै सेमिफाइनल प्रवेश गरेका छन।
आज भएको पहिलो खेलमा मणिमुकुन्द भलिबल क्लबले गोल्डेन युवा क्लबलाई २५–१५, २५–१२ र २५–१५ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आजै सम्पन्न दोस्रो खेलमा न्यु होराईजन भलिबल क्लबले ३–१ को सेटमा खेल जितेको छ । पहिलो दुई सेट होराइजनले २५–१७ र २५–२१ खेल आफ्नो पक्षमा पार्यो भने तेस्रो सेट सृष्टि युवा क्लबले २५–११ ले जित निकाल्यो भने भने चौथो सेटमा पुनः होराईजनले २५–१९ ले जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिताको आजको अन्तिम खेलमा सुद्दोधन गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै गोलपार्क युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
गोलपार्क युवा क्लबले २५–२१ २५– १७ र २५–२० को सोझो सेटमा जित निकालेको हो ।
प्रतियोगिताको शनिबार पहिलो सेमिफाइनल खेल बिहान ८ बजे न्यु होराईजन भलिबल क्लब र आयोजक बुद्धनगर युवा क्लबबीच हुनेछ । त्यस्तै, बिहान १० बजे मणिमुकुन्द भलिबल क्लब र गोलपार्क युवा क्लबबीच दोस्रो सेमिफाइनल खेल हुने खेल संयोजक दिपक ज्ञवालीले जानकारी दिनुभयो ।
फाईनल खेल भोलि (शनिबार) नै दिउँसो ३ बजे उपाधिका लागि भिड्ने छन् ।
प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाईनल पुग्ने दुई टोलीलाई समान १५ हजार ५५ ससय ५५ रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।
त्यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडीलाई ३ हजार तथा स्पाईकर, डिफेन्डर, ब्लकर, सर्भिस, प्रशिक्षक र सेटरलाई प्रत्येक खेलबाट समान १ हजार ५ सय रुपैयाँ दिईने बताईएको छ ।