सैनामैना । रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा जारी प्रथम बीवाईसी कपको दोस्रो दिनका खेलहरु बर्षाका कारण प्रभावित भएका छन् । गए रातिदेखि निरन्तर परिरहेको बर्षाका कारण खेलहरु स्थगीत गरिएको हो ।
आज दिउँदो २ बजेबाट सञ्चालन हुने भनिएका दुवै खेल भोलि बिहान १० बजेपछि सञ्चालन गर्ने गरि स्थगन गरिएको आयोजक बुद्धनगर युवा क्लबले जानकारी दिएको छ ।
आज पहिलो खेलमा मणिमुकुन्द भलिबल क्लबले गोल्डेन युवा क्लब र दोस्रो खेलमा न्यू होराईजोन स्र्पोटस क्लबले सृष्टी युवा क्लबसँग खेल्ने तय भएपनि यी दुवै खेल शक्रबार हुने खेल संयोजक दिपक ज्ञवालीले जानकारी दिनुभयो ।
प्रतियोगितामा आयोजक सहित कुल ९ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाईनल पुग्ने दुई टोलीलाई समान १५ हजार ५५ ससय ५५ रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।
त्यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडीलाई ३ हजार तथा स्पाईकर, डिफेन्डर, ब्लकर, सर्भिस, प्रशिक्षक र सेटरलाई प्रत्येक खेलबाट समान १ हजार ५ सय रुपैयाँ दिईने बताईएको छ ।