रुपन्देही । सैनामैनाको बुद्धनगरमा बुधवार (हिजो)बाट जारी प्रथम बीवाईसी कपको दोस्रो दिन आज दुई खेल हुने भएका छन् । आज हुने पहिलो खेलमा मणिमुकुन्द भलिबल क्लबले गोल्डेन युवा क्लब र दोस्रो खेलमा न्यू होराईजोन स्र्पोटस क्लबले सृष्टी युवा क्लबसँग खेल्ने भएका हुन् ।
गए रातीदेखि रुपन्देहीको सैनामैना सहित देशभरका विभिन्न स्थानहरुमा वर्षा भएपनि प्रतियोगिता सञ्चालनका लागि बाधक नबन्ने खेल संयोजक दिपक ज्ञवालीले पहिलो आवाजलाई जानकारी दिनुभयो । उहाँले भर्खर मात्रै र्कोट निरिक्षण गरेको र बर्षा रोकिएपछि खेल खेलाइने बताउनुभयो ।
ज्ञवालीले प्रतियोगिता बेष्ट अफ फाईभमा खेलाइएको जानकारी दिँदै आजका खेलहरु दिउँसो २ बजेबाट सञ्चालन गरिने जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक सहित कुल ९ टोली सहभागी छन् । हिजो भएको उद्घाटन खेलमा आयोजक बुद्धनगर युवा क्लबले लाफा समुहलाई तीन शून्यको सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षा गरेको हो ।
प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाईनल पुग्ने दुई टोलीलाई समान १५ हजार ५५ ससय ५५ रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।
त्यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडीलाई ३ हजार तथा स्पाईकर, डिफेन्डर, ब्लकर, सर्भिस, प्रशिक्षक र सेटरलाई प्रत्येक खेलबाट समान १ हजार ५ सय रुपैयाँ दिईने बताईएको छ ।