Advertisement
Search
Close this search box.

प्रथम बीवाईसी कप बुधबारदेखि

Advertisement
sainamainakhabar.com

रुपन्देही । बुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । चैत्र २७ गते बुधबार देखि प्रतियोगिता सुरु हुने आयोजकले सोमबार (आज) पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

पछिल्ला केही समय यता रुपन्देहीको सैनामैना खेलमय बन्दै गएको अवस्थामा फेरी क्लबले आफ्नो पूर्व निर्धारित कार्यक्रम अनुसार भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । “स्वास्थयका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य भलिबल खेलको विकास सँगै उदयमान खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्नु रहेको पत्रकार सम्मेलनमार्फत खेल संयोजक दिपक ज्ञवालीले जानकारी दिएका थिए ।

क्लबले सुरुवाती चरणबाट नै खेलकुदका गतिविधीहरुलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र सोही अनुरुप यसपटक भलिबल प्रतियोगिता आयोजना गरिएको संयोजक ज्ञवालीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार चैत्र ३० गतेसम्म चल्ने प्रतियोगितामा ९ टोली बिच भिडन्त हुनेछ ।

प्रतियोगितामा परासी युवा क्लब, लाफा समुह बुटवल, बुद्धनगर युवा क्लब, सृस्टी युवा क्लब, न्यू होराईजोन स्पोर्टस क्लब, मणिमुकुन्द भलिबल क्लब,गोल्डेन युवा क्लब,शुद्धोदन गाउँपालिका र स्पोर्टस क्लब सहभागि छन् ।

 बीवाईसी कप

प्रतियोगिताको कुल लागत १५ लाख ३५ हजार अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाईनल पुग्ने दुई टोलीलाई समान १५ हजार ५५ ससय ५५ रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।

त्यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडीलाई ३ हजार तथा स्पाईकर, डिफेन्डर, ब्लकर, सर्भिस, प्रशिक्षक र सेटरलाई प्रत्येक खेलबाट समान १ हजार ५ सय रुपैयाँ दिईने बताईएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा लाफा समुह बुटवलले आयोजक बुद्धनगरसँग खेल्दा सोहिदिन हुने दोस्रो खेलमा मणिमुकुन्दले गोल्डेन युवा क्लबसँग खेल्न तय भएको छ ।

[sharethis-reaction-buttons]
(सैनामैना खबर अनलाईन न्युज पाेर्टलमा रहेका कुनैपनि सामग्रीबारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई sainamainakhabar@gmail.com मा पठाउनुहोला।)
Advertisement

सैनामैना अपडेट

सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ : नगर प्रमुख शर्मा

सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ : नगर प्रमुख शर्मा

रुपन्देही । सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सञ्चारमाध्यमहरुले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । मंगलबार सामुदायीक रेडियो सैनामैना ९१ मेगाहर्जको भित्ते पात्र...

राजनीति

राष्ट्रपति पौडेलद्वारा संघीय संसदको बर्खे अधिवेशन आह्‍वान

राष्ट्रपति पौडेलद्वारा संघीय संसदको बर्खे अधिवेशन आह्‍वान

काठमाडौं ।  मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका बर्खे अधिवेशनको आह्‍वान आह्‍वान गरेका छन्। वैशाख ...
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री

समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवह...
एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली

रुपन्देही । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृ...
एमाले रुपन्देहीको जागरण सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

एमाले रुपन्देहीको जागरण सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदै छन्। नेकपा एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा स...
आइजीपी थापा एमालेको युवा संघको सहअध्यक्ष भएको आरोप

आइजीपी थापा एमालेको युवा संघको सहअध्यक्ष भएको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख आइजीपी दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्र...
प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्ने भएका छन् । उनको सम्वोधनका लागि प्रदेशसभा सचिवालयले ला...
ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

सैनामैना । नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।सोमबार क्याम्पसमा सम्पन्न ...
प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
1 2 3 4 5 6 7 8 9 10 11 12

अर्थ अपडेट

सुनको मूल्यमा भारी वृद्धी, एकैदिन ५ हजार ७ सयले बढ्यो

सुनको मूल्यमा भारी वृद्धी, एकैदिन ५ हजार ७ सयले बढ्यो

काठमाडौं । सुनको मूल्यमा भारी वृद्धि भएको छ। अघिल्लो दिन तोलामा २ हजार बढेको सुन आज एकै दिन ५ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.