बुटवलमा मोटरसाइकलहरू चोरी गर्ने सैनामैनाका सातजना पक्राउ

सैनामैना ।

इलाका प्रहरी कार्यालय बुटवलले मोटरसाइकल चोरी गर्ने ७ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ। यसैसँग चोरी भएका ६ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिईएको छ।

प्रहरीले बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिका अन्तर्गत विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरी भएकोमा संयुक्त रूपमा खोजी अभियान चलाएको थियो। यस अभियानमा इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय बुटवल रामनगर र इलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया) को टोली सहभागी थिए।

पक्राउमा परेका व्यक्तिहरूमा जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ५ बस्ने १८ वर्षीय राजु थारु, १९ वर्षीय अमित भन्ने जंग बहादुर थारु, २० वर्षीय सुदिप थारु, सैनामैना नगरपालिका वडा नं. ४ बस्ने १९ वर्षीय गणेश थारु, १८ वर्षीय निम बहादुर थारु, १९ वर्षीय बिक्की नाउ र १८ वर्षीय बिनोद हरिजन समावेश छन्।

नियन्त्रणमा लिईएका सवारी साधनहरूमा लु ५४ प १७१२ नं. को बजाज कम्पनीको NS, लु ८४ प ४९४० नं. को यामाह कम्पनीको FZ, लु ६८ प ३७७३ नं. को बजाज कम्पनीको NS, लु ७९ प २१३ नं. को होण्डा कम्पनीको SHINE, लु २४ प २१२९ नं. को बजाज कम्पनीको पल्सर र ग २२ प ७४२८ नं. को यामाह कम्पनीको SZ-R समावेश छन्।

प्रहरीले चोरी गरेका सवारी साधनहरू र चोरी गर्ने व्यक्तिहरूको खोजी अभियान जारी राखेको छ।

By suman poudel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.