सैनामैनामा फोहर व्यवस्थापन केन्द्र निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति

नेपाल सरकारले सैनामैना नगरपालिका रुपन्देहीलाई सैनामैना फोहर व्यवस्थापन केन्द्र निर्माणको लागि सैनामैना वडा नं. १० मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

सैनामैना, २२ माघ ।

नेपाल सरकारले सैनामैना नगरपालिका रुपन्देहीलाई सैनामैना फोहर व्यवस्थापन केन्द्र निर्माणको लागि सैनामैना वडा नं. १० मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद बैठकले सैनामैना १० एकला पहाडमा रहेको ३.५ हेक्टर वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
यो निर्णयसंगै वनको भोगाधिकार नपाएर बर्षौदेखि अलपत्र रहेको फोहर व्यवस्थापनको काम अव सुरु हुन बाटो खुलेको छ ।
सैनामैना नगरका प्रथम नगर प्रमुख चित्रवहादुर कार्कीको पालामै अघि बढेको यो आयोजना भोगाधिकार नपाएकै कारण रोकिएको थियो ।
पछ्रिल्लोपटक नगर प्रमुख फणेन्द्रप्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको पहलमा वनको जग्गा प्रयोग गर्न दिने निर्णय सरकारले गरेको हो ।
सरकारको निर्णयसंगै बुटवल, सैनामैना, गैडहवा र कञ्चन गाउँपालिकाको फोहर सैनामैना १० स्थित एकला पहाडमा निर्माण हुने फोहोर व्यवस्थापन केन्द्रमा व्यवस्थापन गर्न बाटो खुलेको छ ।
यसैगरी मन्त्रिपरिषद बैठकले नापी कार्यालयहरू स्थापना गर्न संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने, सहरी विकास मन्त्रालय शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूको लागि आर्थिक वर्ष २०८१÷८२ मा अधिकृतस्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने, विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१ स्वीकृत गर्ने, आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन २०८१ स्वीकृत गर्ने, सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०८१ स्वीकृत गर्ने, नेपाल सरकार (कार्यसम्पादन) (आठौं संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।

त्यसैगरी विशेष आर्थिक क्षेत्र (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने तथा बढुवा समितिको सिफारिस बमोजिम निजामती सेवाका विभिन्न सेवा, समूह तथा उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका सात जना अधिकृतहरूलाई सम्बन्धित सेवा, समूह तथा उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सोसरहको पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय समेत सरकारले गरेको छ ।

By suman poudel

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.