Advertisement
Search
Close this search box.

सैनामैना क्रिकेट क्लबको जर्सी अनावरण

Advertisement
sainamainakhabar.com

सैनामैना ।

रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा रहेको सैनामैना क्रिकेट क्लबले आफ्नो यस वर्षको रूपन्देही क्रिकेट सङ्घद्वारा आयोजित क्रिकेट जिल्ला सुपर लिग खेल्नका लागि तयार पारेको जर्सी अनावरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय निवर्तमान अध्यक्ष गोविन्द खनालले पछिल्लो समयमा क्रिकेटले सम्पूर्णलाई एक ठाउँमा जोडेको र भर्खरै मात्र राष्ट्रिय स्तरमा सम्पन्न भएको एनपीएलले गर्दा अहिले हरेक ठाउँमा क्रिकेटको स्थान छुट्टै ठाउँमा बनिसकेको छ
भोलि यस क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा यी खेलाडीहरू समावेश भइराख्दा आफूले हरेक क्षेत्रबाट र यो खेलका लागि पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो।
निर्माणाधीन अवस्थामा रहेको सैनामैना नगरपालिका वडा नम्बर ७ को क्रिकेट रङ्गशालालाई समेत प्रदेश र केन्द्र कुन सरकार समक्ष पुग्नपर्ने हो त्यहाँसम्म पुग्नका लागि आफू हर कदम तत्पर रहने धारणा समेत व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि सैनामैना नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजकुमार चौधरीले सैनामैना नगरपालिका यतिबेला खेलमै बनिरहेको र केही समय लगत्तै यस क्षेत्रमा राष्ट्रिय स्तरका भलिबल र फुटबल प्रतियोगिता हुने हुँदा समेत यस क्षेत्रको गरिमा राष्ट्रिय स्तरमा नै पुगिसकेको र आगामी दिनमा यस क्षेत्रमा सञ्चालन हुने क्रिकेट प्रतियोगिताले समेत एउटा छुट्टै उचाइ बनाओस् र जिल्ला लिग खेल्न जाने खेलाडीहरुका लागि जनप्रतिनिधिका हिसाबले वडाबाट वा व्यक्तिगत वा नगरबाट नै के कस्तो हुन्छ आर्थिक सहयोगमा पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो।
कार्यक्रममा एप्पल एजुकेसनल कन्सल्टेन्सीका सञ्चालक ज्यूहरू, आगो रेस्टुरेन्टका प्रोप्राइटर, क्रिकेट प्रेमी महानुभाव एवं खेलाडी साथीहरूको सहभागिता जनाएको थियो।
जर्सी अनावरण गर्दै कार्यक्रमका प्रमुख अतिथिले उक्त जर्सी क्लबका विभिन्न खेलाडीहरुलाई प्रदान समेत गर्नुभएको थियो।
रूपन्देही क्रिकेट सङ्घद्वारा आयोजित यो प्रतियोगिता ५० ओभरमा खेलिने एकमात्र रूपन्देहीमा लिग रहेको र यो लिगको माध्यमबाट नै खेलाडीहरू राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा ढोका खुल्ने कुरा समेत क्लबका कृष्ण भण्डारीले जानकारी गराउनुभयो ।
कार्यक्रममा सैनामैना क्रिकेट क्लबका उपाध्यक्ष कृष्ण ज्ञवालीको स्वागत क्लबका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षता एवं क्लबका साधारण सदस्य प्रेम न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

(सैनामैना खबर अनलाईन न्युज पाेर्टलमा रहेका कुनैपनि सामग्रीबारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई sainamainakhabar@gmail.com मा पठाउनुहोला।)
Advertisement

सैनामैना अपडेट

सैनामैना क्रिकेट क्लबको जर्सी अनावरण

सुनगाभा सैनामैना गोल्ड कप सफल बनाउन सञ्चारकर्मी संग अन्तरकृया

उपकार अन्लाईन , सैनामैना ।रुपन्देहीको सैनामैना मुर्गियामा हुन लागेको सुनगाभा सैनामैना गोल्ड कप फुटबल प्रतियोगिता बारे सैनामैना क्षेत्रभित्र रहेका सञ्चारकर्मीहरू संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ...

राजनीति

सैनामैना क्रिकेट क्लबको जर्सी अनावरण

ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

सैनामैना । नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।सोमबार क्याम्पसमा सम्पन्न ...
सैनामैना क्रिकेट क्लबको जर्सी अनावरण

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
सैनामैना क्रिकेट क्लबको जर्सी अनावरण

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
सैनामैना क्रिकेट क्लबको जर्सी अनावरण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
सैनामैना क्रिकेट क्लबको जर्सी अनावरण

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
सैनामैना क्रिकेट क्लबको जर्सी अनावरण

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
सैनामैना क्रिकेट क्लबको जर्सी अनावरण

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
सैनामैना क्रिकेट क्लबको जर्सी अनावरण

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6 7
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.