Advertisement
Search
Close this search box.

७ लाख प्रथम पुरस्कार : सैनामैना गोल्डकप फागुन १९ देखि, मुर्गिया फुटबल रङ्गशालामा

Advertisement
sainamainakhabar.com

सैनामैना ।

रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा अवस्थित रहेको मुर्गिया फुटबल क्लबद्वारा प्रथम सैनामैना गोल्डकप २०८१ फुटबल प्रतियोगिता यही फागुन १९ गतेदेखि २८ गतेसम्म हुन लागेको छ।

यस क्षेत्रकै सर्बाधिक धनराशी पुरस्कार राखिएको यो प्रतियोगिता रुपन्देहीको मुर्गिया फुटबल रंगशालामा आयोजना गरिने छ । यस प्रतियोगिताले खेलकुदको विकास, स्थानिय खेलाडिहरूको प्रतिभा प्रस्फुटन र नेपाली फुटबलको स्तर उकास्ने लक्ष्य राखेको खेल संयोजक अशोक खड्काले बताउनुभयो।

सैनामैना नगरपालिका संरक्षक रहेको यो प्रतियोगिता सफल बनाउन व्यापक तयारी भइरहेको छ । आयोजक समितिका अनुसार प्रतियोगितामा राष्ट्रिय स्तर ‘ए’ डिभिजनका दश वटा फुटबल क्लवहरूको सहभागिता रहनेछ भने विदेशी खेलाडीहरुको समेत सहभागिता रहनेछ । यसले गर्दा यो प्रतियोगिता राष्ट्रिय स्तरको मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरको पनि हुने क्लवको अध्यक्ष प्रविन भारीले जानकारी गराएका छन् ।

messenger creation b01a1c41 915b 4ed5 b3ae 27c89f76147c4935760680464195062

प्रथम सैनामैना गोल्ड कप प्रतियोगिताको पुरस्कार राशी ७ लाख रुपैया राखिएको छ भने उपविजेताले ४ लाख रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । प्रतियोगितामा दुई सेमि-फाइनलिष्ट बाहिरिने टिमले जनही ४०-४० हजार प्राप्त गर्नेछन् , उत्कृष्ट खेलाडीले नगद रू २० हजारका साथमा ट्रफी, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले नगद १५ हजार ट्रफी, मेडल, प्रमाणपत्र, उत्कृष्ट गोलरक्षक नगद रु १५ हजार ट्रफी, मेडल, प्रमाणपत्र, उदयमान खेलाडीले नगद रु १५ हजार र ट्रफी, मेडल, प्रमाणपत्र, उत्कृष्ट डिफेन्डरले नगद रु.१५ हजार ट्रफी, मेडल, प्रमाणपत्र, उत्कृष्ट कोचले नगद रु.१५ हजार र ट्रफी, मेडल, प्रमाणपत्र, र प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार दिइने प्रतियोगिताका आर्थिक संयोजक गोपाल खड्काले जानकारी दिनुभयो ।

messenger creation 829447c1 2f69 4cff ba14 82a5bf796d767395044825941666821

यो प्रतियोगिता हेर्न दर्शकहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएकोे छ । फागुन १९ देखी सुरु हुने यो प्रतियोगिताले सैनामैना क्षेत्रलाई खेलकुद पर्यटनको नयाँ गन्तव्य बनाउन सक्ने सम्भावना बोकेको र र सबै यस क्षेत्रका फुटबल प्रेमी महानुभावहरूले यो प्रतियोगिता सम्पन्न गर्नका लागि आफ्नो क्षेत्रबाट सहयोगको अपेक्षा सँगै यो प्रतियोगिता सम्पन्न गर्न दैनिक उपस्थितिले खेलमैदान र खेलाडीलाई उत्साह थप्ने हुँदा सबैलाई प्रतियोगिता अवलोकन गरी खेलाडीको हौसला बढाइदिनु हुन र आयोजकलाई समर्थन गरिदिनु हुन अनुगमन समितिका संयोजक सुभाष केसीले अनुरोध गर्नुभयो ।

messenger creation 54a18fc8 dab5 4653 9962 5d7cb6554d248502779174624428081
(सैनामैना खबर अनलाईन न्युज पाेर्टलमा रहेका कुनैपनि सामग्रीबारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई sainamainakhabar@gmail.com मा पठाउनुहोला।)
Advertisement

सैनामैना अपडेट

७ लाख प्रथम पुरस्कार : सैनामैना गोल्डकप फागुन १९ देखि, मुर्गिया फुटबल रङ्गशालामा

सुनगाभा सैनामैना गोल्ड कप सफल बनाउन सञ्चारकर्मी संग अन्तरकृया

उपकार अन्लाईन , सैनामैना ।रुपन्देहीको सैनामैना मुर्गियामा हुन लागेको सुनगाभा सैनामैना गोल्ड कप फुटबल प्रतियोगिता बारे सैनामैना क्षेत्रभित्र रहेका सञ्चारकर्मीहरू संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ...

राजनीति

७ लाख प्रथम पुरस्कार : सैनामैना गोल्डकप फागुन १९ देखि, मुर्गिया फुटबल रङ्गशालामा

ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

सैनामैना । नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।सोमबार क्याम्पसमा सम्पन्न ...
७ लाख प्रथम पुरस्कार : सैनामैना गोल्डकप फागुन १९ देखि, मुर्गिया फुटबल रङ्गशालामा

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
७ लाख प्रथम पुरस्कार : सैनामैना गोल्डकप फागुन १९ देखि, मुर्गिया फुटबल रङ्गशालामा

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
७ लाख प्रथम पुरस्कार : सैनामैना गोल्डकप फागुन १९ देखि, मुर्गिया फुटबल रङ्गशालामा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
७ लाख प्रथम पुरस्कार : सैनामैना गोल्डकप फागुन १९ देखि, मुर्गिया फुटबल रङ्गशालामा

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
७ लाख प्रथम पुरस्कार : सैनामैना गोल्डकप फागुन १९ देखि, मुर्गिया फुटबल रङ्गशालामा

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
७ लाख प्रथम पुरस्कार : सैनामैना गोल्डकप फागुन १९ देखि, मुर्गिया फुटबल रङ्गशालामा

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
७ लाख प्रथम पुरस्कार : सैनामैना गोल्डकप फागुन १९ देखि, मुर्गिया फुटबल रङ्गशालामा

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6 7
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.