सैनामैना ।
नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।
सोमबार क्याम्पसमा सम्पन्न अधिवेशनबाट विकास सापकोटाको सभापतित्वमा ५१ सदस्यीय कार्य समिति सर्बसम्मत रूपमा चयन गरिएको छ ।
समितिको उपसभापतिमा विजय मरासिनी, सचिवमा विष्णु ढकाल , सह-सचिवमा रोमा अधिकारी,कोषाध्यक्षमा वर्षा न्यौपाने, खेलकुद विभाग प्रमुखमा दिपेन्द्र रिजाल, सांस्कृतिक विभाग प्रमुखमा विनिता पन्त, महिला विभाग प्रमुखमा सुजता क्षेत्री सहित ५१ सदस्यीय कार्यसमितिको गठन भएको छ ।

निवर्तमान ने.वि.संघ इकाई सभापती मौसम थापा मगरको सभापतित्व, ने.वि.संघ केन्द्रीय सदस्य किरण तिवारीको प्रमुख आतिथ्यता, ने.वि.संघ रुपन्देही जिल्ला सचिव एवं स्ववियु सभापति मनोज बेल्बासे को विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन ने.वि.संघ इकाई सचिव विष्णु ढकालले गर्नुभएको थियो ।
सम्पन्न अधिवेशनलाई सम्बोधन तथा शुभकामना दिने क्रममा प्रमुख अतिथि ने.वि.संघ केन्द्रीय सदस्य किरण तिवारीले नव गठित कार्यसमितिलाई शुभकामना दिँदै आफ्नो समयमा नेविसंघको गरिमा, महत्व र संगठनभित्रको अनुशासनमा रहि काम गर्न सुझाव दिनुभयो ।
यस्तै अधिवेशनलाई सम्बोधन तथा शुभकामना दिदैं विशिष्ट अतिथि ने.वि.संघ रुपन्देही जिल्ला सचिव एवं स्ववियु सभापति मनोज बेल्बासेले
विद्यार्थीहरूका जीवनमा आइपर्ने शैक्षिक, आर्थिक, स्वास्थ्यलगायतका समस्यामा समिति सदैव सहयोग गर्न तत्पर रहन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नव गठित समितिले विद्यार्थीको हक,हितको लागि सदैव ने.वि.संघ साथमा रहेको जनाउँदै आगामी दिनमा थप रचनात्मक कार्यहरु गर्न लागेको जनाएको छ ।