सैनमैना।
रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ बनकट्टा स्थित सैनमैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ११औं साधारण सभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष एकबहादुर क्षेत्रीको अध्यक्ष तथा सैनामैना नगरपालिका प्रमुख फडेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा बोल्दै शर्माले पानीको वर्तमान अवस्थामा पेट्रोलियम पदार्थको जस्तै पानीको मूल्य अमूल्य हुने समय नजिकिदै गएको धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “आज तेलका लागि ठूला देशहरूबीच संघर्ष भइरहेको छ, भोलि पानीका लागि पनि यस्तै अवस्था आउन सक्छ। त्यसैले, अबदेखि नै जलस्रोतको संरक्षण र जिम्मेवार उपयोगको लागि स्थानीय स्तरबाट पहल गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो
बिशिस्ट अतिथि सैनामैना नगरपालिकाका सस्थापक नगर प्रमुख चित्र बहादुर कार्किले समन्वयको कमिको कारण बाटो घाटोमा पशु चौपायाको दिशाहरु यत्रतत्र देखिएको अबस्थामा सस्थाले सक्रियता देखाउन पर्ने बताउदै आगामि दिनमा पालिका, वडा खानेपानी सस्था र टोल समितिले ध्यान दिन आग्रह समेत गर्नु भयेको थियो
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगीकुटिका डिभिजन प्रमुख राज कुमार चौधरीले सरकारले पनि खानेलाई मौलिक अधिकारको रुपमा घोषण गरेको स्मरण गर्दै सैनामैना आसपासमा रहेका ससाना खानेपानीलाइ मर्ज गरि व्यबस्थित बनाउन स्थानीय र प्रदेश सरकारले नियमन गरेर जानु पर्ने बताउनु भयो।
अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै एक बहादुर क्षेत्रीले सगुनघारि खानेपानी आयोजनाको कम्पाउन्डमा रिचाजेबल पोखरि निमाण गर्ने र उपभोक्तहरुको स्वास्थलाइ ख्यालगर्दै क्यान्सर, मृगौला र मुटुका बिरामीलाइ ५ हजारका दरले सहयोग गर्ने लक्ष्य राखेको बताउनुभयो । सैनामैनाका विधालयमा निशुल्क खानेपानी बितरण गर्दै आएको बताउदै सरकारले हाल २५ प्रतिशत कर लिने गरि निति पास गरेको र त्यो नितिले सर्ब साधारणलाइ र खानेपानी सस्थालाइ ठुलो भार पर्ने बताए।
बुद्धटोल बिकास संस्थाका अध्यक्ष सिता भट्टराइ,
दुर्गाभवानी माध्यमिक विद्यालयका व्यावस्थापन समितिका अध्यक्ष चिन्तामणी भुसाल
पर्रोहा बचत तथा ऋण सहकारी संब लि.का अध्यक्ष राजबहादुर क्षेत्री खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका लुम्बिनी प्रदेशका महासचिव सालिक राम भण्डारी