Advertisement
Search
Close this search box.

मलमला देवीले मनायो ३६ औँ वार्षिक उत्सव एवम अभिभावक दिवस

malmala devi ma vi
Advertisement
sainamainakhabar.com

सैनामैना ।

सैनामैना नगरपालिका वडा नम्बर ५ मा रहेको श्री मलमला देवी माध्यमिक विद्यालयले आफ्नो ३६ औँ वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगर प्रमुख फडिन्द्र प्रसाद शर्माले पछिल्लो समयमा यस विद्यालयको प्रगतिको उच्च प्रशंसा गर्दै नगरले पनि छुट्टै हिसाबले यसलाई हेरिरहेको कुरा व्यक्त गर्नुभयो। आजका विद्यार्थीलाई व्यावहारिक ज्ञान सँग नजिक गराइयो भने उनीसँगै उनीहरूको आगामी जीवन पनि उन्नयन हुने कुरा राख्नुभयो ‌।
कार्यक्रमको विशिष्ट अतिथि रहनुभएकी सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले पछिल्लो समयमा सैनामैना नगरपालिका भित्रका सामुदायिक विद्यालयहरू प्रति नगरपालिकाले खेलेको भूमिका अनुसार नै नतिजा पनि आइरहेको हुँदा यस विद्यालयको भौतिक संरचनामा पनि लगानी गरेको र यसले उच्च प्रतिफल दिनेमा आफू ढुक्क रहेको कुरा व्यक्त गर्नुभयो।
कार्यक्रमका अतिथि सैनामैना नगरपालिका वडा नम्बर ५ का अध्यक्ष धन प्रसाद पौडेलले आफू निर्वाचित भएर आइसकेपछि विद्यालयको शैक्षिक उन्नयनसँगै भौतिक पूर्वाधारको निर्माण कार्य पनि तीव्ररूपमा भइरहेको र यसले आगामी दिनमा यस क्षेत्रका विद्यार्थीहरूलाई सहज तुल्याउने कुरा व्यक्त गर्नुभयो।

कार्यक्रममा श्री मलमला देवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष भोजराज पाण्डेले विद्यालयको प्रगति प्रतिवेदनसँगै विद्यालयले आगामी दिनमा गर्ने योजना र विद्यालयका विद्यार्थीहरूप्रति नयाँ खालको बौद्धिक विकासका लागि गरिने कार्यक्रमहरुलाई विद्यालयले उच्च सम्मानका साथ लागू गर्ने कुरा समेत व्यक्त गर्नुभयो ।
विद्यालयको भौतिक निर्माणबारे जानकारी गराउँदै अध्यक्ष पाण्डेले शैक्षिक सुधार पनि आफू आएपछि क्रमिक रुपमा बढ्दै गइरहेको र विद्यार्थी सङ्ख्या पनि बढिरहेको जानकारी समेत गराउनुभयो।

कार्यक्रममा जनप्रतिनिधि एवं राजनीतिक दलका वडाका प्रमुख एवं प्रतिनिधि, नजिकका विद्यालयहरूका अध्यक्ष एवं प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार, सदस्य एवं पूर्व अध्यक्षहरु, स्थानीय सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि, आमा समूहका अध्यक्ष एवं प्रतिनिधि, विद्यालयकै अभिभावक समिति, विद्यार्थी र अभिभावकहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।
उक्त ३६ औँ वार्षिक उत्सव एवं अभिभावक भेला कार्यक्रममा वर्षभरि विद्यार्थीहरूले खेलकुद एवं शैक्षिक कार्यक्रममा प्राप्त गरेका नतिजाको सम्मान गर्दै सिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गर्नुका साथै विद्यालयलाई आर्थिक रुपमा सहयोग गर्ने सहयोगी मनहरुलाई समेत सम्मान गरिनुका साथै विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यालयका प्राचार्य एमबहादुर क्षेत्रले विद्यालयको शैक्षिक उन्नयनका विषयमा आफ्नो प्रगतिप्रतिवेदन राख्नुका साथै आगामी दिनको शैक्षिक योजना समेत प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज पाण्डेको अध्यक्षता कार्यक्रममा पाल्नुहुने अतिथि एवं सम्पूर्ण मान्यवरहरुलाई स्वागत स्वरूप विद्यालयका सहप्राचार्य ऋषिराम अर्यालले राख्नुभएको थियो र कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक केशव घिमिरेले गर्नुभएको थियो।

(सैनामैना खबर अनलाईन न्युज पाेर्टलमा रहेका कुनैपनि सामग्रीबारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई sainamainakhabar@gmail.com मा पठाउनुहोला।)
Advertisement

सैनामैना अपडेट

मलमला देवीले मनायो ३६ औँ वार्षिक उत्सव एवम अभिभावक दिवस

देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

सैनमैना। देउवापार ब्वाइजको  आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारमा रहेको युवाहरूको क्लब देउवापार ब्वाइजद्वारा आयोजना गरिएको...

राजनीति

मलमला देवीले मनायो ३६ औँ वार्षिक उत्सव एवम अभिभावक दिवस

ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

सैनामैना । नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।सोमबार क्याम्पसमा सम्पन्न ...
मलमला देवीले मनायो ३६ औँ वार्षिक उत्सव एवम अभिभावक दिवस

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
मलमला देवीले मनायो ३६ औँ वार्षिक उत्सव एवम अभिभावक दिवस

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
मलमला देवीले मनायो ३६ औँ वार्षिक उत्सव एवम अभिभावक दिवस

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
मलमला देवीले मनायो ३६ औँ वार्षिक उत्सव एवम अभिभावक दिवस

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
मलमला देवीले मनायो ३६ औँ वार्षिक उत्सव एवम अभिभावक दिवस

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
मलमला देवीले मनायो ३६ औँ वार्षिक उत्सव एवम अभिभावक दिवस

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
मलमला देवीले मनायो ३६ औँ वार्षिक उत्सव एवम अभिभावक दिवस

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.