Advertisement
Search
Close this search box.

शिक्षक अभिभावक संघ बैठक सम्पन्न: पर्रोहा मावि

Advertisement
sainamainakhabar.com

सैनामैना ।

पर्रोहा माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघको नव गठित कार्यसमितिको बैठक सम्पन्न भएको छ। विद्यालयको शैक्षिक र भौतिक विकासलाई गति दिनका लागि संघका प्रत्येक सदस्यहरूले मासिक रूपमा विद्यालयको गतिविधि अनुगमन गर्ने निर्णय गरेका हुन।

बैठकमा शिक्षक अभिभावक संघका अध्यक्ष नरेन्द्र पोख्रेल शर्माले विद्यालयको शैक्षिक स्थितिलाई अझ प्रभावकारी बनाउन र भौतिक संरचना विकासमा थप सुधारका लागि विद्यालय प्रशासन, शिक्षक, र अभिभावक बीच सशक्त सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउँनु भएको थियो ।

बैठकमा विद्यालयका प्रधानाध्यापक बल बहादुर केसीले शिक्षक र अभिभावकहरूको सहकार्यले मात्र विद्यालयलाई आदर्श र नमुना शिक्षण संस्थामा रूपान्तरण गर्न सकिने बताउँदै, सामूहिक प्रयासमार्फत विद्यार्थीहरूलाई आधुनिक र व्यावहारिक शिक्षा प्रदान गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो।

यस्तै, शिक्षक प्रतिनिधि भवानी ज्ञवालीले विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्नका लागि विद्यालयले हरेक पक्षमा नियमित समीक्षा र सुधार गर्दै आएको र यस कार्यका लागि शिक्षक समुदाय पूर्ण रूपले प्रतिबद्ध रहेको धारणा राख्नुभएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीले विद्यालयको दीर्घकालीन विकास र सुदृढीकरणका लागि शिक्षक, अभिभावक र समुदायको साझा प्रयासको खाँचो रहेको बताउँदै विद्यालयलाई उदाहरणीय बनाउन सबैतर्फ आवश्यक स्रोत साधनको व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभएको थियो।

विद्यालयका शिक्षक प्रतिनिधि सहायक प्राचार्य हरिप्रसाद भट्टराईले विद्यालयलाई गुणस्तरको शिक्षामा उत्कृष्ट बनाउन सबैको सक्रिय सहभागिताको आवश्यकता रहेको विदयालयको शैक्षिक वातावरणलाई अझ सुदृढ बनाउने कुरा बताउनुभएको थियो। विद्यालयमा हाल विद्यार्थी संख्या बढ्दो क्रममा रहेको र आगामी वर्ष थप नयाँ कार्यक्रमहरू लागू गरिने जानकारी पनि बैठकमा गराइएको थियो।

पर्रोहा माध्यमिक विद्यालय सैनामैनाको एक प्रतिष्ठित सामुदायिक विद्यालय हो। यसले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। विद्यालयले कक्षा १२ सम्मको पढाइ प्रदान गर्दै व्यवस्थापन र शिक्षा शास्त्र संकायमा विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आइरहेको छ

(सैनामैना खबर अनलाईन न्युज पाेर्टलमा रहेका कुनैपनि सामग्रीबारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई sainamainakhabar@gmail.com मा पठाउनुहोला।)
Advertisement

सैनामैना अपडेट

शिक्षक अभिभावक संघ बैठक सम्पन्न: पर्रोहा मावि

देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

सैनमैना। देउवापार ब्वाइजको  आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारमा रहेको युवाहरूको क्लब देउवापार ब्वाइजद्वारा आयोजना गरिएको...

राजनीति

शिक्षक अभिभावक संघ बैठक सम्पन्न: पर्रोहा मावि

ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

सैनामैना । नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।सोमबार क्याम्पसमा सम्पन्न ...
शिक्षक अभिभावक संघ बैठक सम्पन्न: पर्रोहा मावि

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
शिक्षक अभिभावक संघ बैठक सम्पन्न: पर्रोहा मावि

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
शिक्षक अभिभावक संघ बैठक सम्पन्न: पर्रोहा मावि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
शिक्षक अभिभावक संघ बैठक सम्पन्न: पर्रोहा मावि

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
शिक्षक अभिभावक संघ बैठक सम्पन्न: पर्रोहा मावि

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
शिक्षक अभिभावक संघ बैठक सम्पन्न: पर्रोहा मावि

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
शिक्षक अभिभावक संघ बैठक सम्पन्न: पर्रोहा मावि

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.