Advertisement
Search
Close this search box.

बुटवलमा प्रथम मगर साहित्य महोत्सव सम्पन्न, विभिन्न व्यक्ति सम्मानित

Advertisement
sainamainakhabar.com

बुटवल, २३ मंसिर ।

नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव शनिबार सम्पन्न भएको छ । समापन अवसरमा बोल्दै नेपाल मगर महिला संघका अध्यक्ष हिरु राना मगरले मगर समुदायको गर्विलो इतिहासका बारेमा नयाँ पुस्तालाई समेत जानकारी गराउनुपर्नेमा जोड दिइन् । 

भाषा, साहित्य र परम्पराको संरक्षणबाट मात्रै सम्पूर्ण जातिको पहिचान र विकास सम्भव रहेको बताउँदै उनले सम्पूर्ण मगरहरुलाई एकताको शुत्रमा बाधिन आग्रह गरिन् । बुटवलको जितगढी किल्लामा २ दिनसम्म आयोजना गरिएको महोत्सवमा विभिन्न साहित्यिक विधामा अन्तरसम्वाद, कविता वाचन प्रतियोगिता, पुस्तक प्रदर्शनी, चित्रकदा प्रदर्शनी, साँस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम भएका थिए । 

महोत्सव अन्तरगत सम्पन्न मातृभाषा कविता वाचन प्रतियोगितामा सुर्खेतका मनबहादुर बगाले प्रथम हुन सफल भएका छन् । उनलाई नगद रु. १० हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यसै गरी सिन्धुलीका भवानी आले द्वितीय भइ नगद रु. ७ हजार पुरस्कार राशी प्राप्त गरे भने रुकुमका गोपाल पुन तृतीय भइ नगद रु. ३ हजारसहित प्रमाणपत्रले सम्मानित भएका छन् । त्यसै गरी सान्त्वना हुने अविनास आले र रिम रानालाई समेत नगद पुरस्कारले सम्मान गरिएको थियो । 

त्यसै गरी आदिकवि जितबहादुर सिंजाली तथा रेख बहादुर सारु मगर साहित्य पुरस्कारबाट वरिष्ठ पत्रकार तथा राष्ट्रिय समाचार समिति (रासस) का पूर्व सम्पादक खिलध्वज थापा मगरलाई सम्मान गरिएको छ । उनलाई नगद रु. २० हजार राशीसहित दोसल्ला, फोटो र मायाको चिनोले सम्मानित गरिएको थियो । 

महोत्सवमा स्थापना गरिएको गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कारबाट नेपाल मगर संघका सहअध्यक्ष गंगा खासुमगरलाई प्रदान गरिएको छ । उनलाई नगद रु. १० हजारसहित दोसल्ला, फेटा र मायाको चिनोले सम्मान गरिएको थियो । समापन कार्यक्रममा महोत्सव सफल पार्न योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । 

समापनको अवसरमा आयोजक समितिका संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्माला थापाले उपस्थितहरुलाई आभार तथा धन्यवाद ज्ञापन गरेकी थिइन् । त्यसै गरी मेला व्यवस्थापन समिति संयोजक केशरी तरामुले कार्यक्रम सञ्चालन गरेकी थिइन् । महोत्सवका सम्पूर्ण गतिविधिलाई डकुमेन्टेसनका लागि जेबी दर्लामीको संयोजकत्वमा समिति गठन गरिएको थियो । -खबर पात्राे

(सैनामैना खबर अनलाईन न्युज पाेर्टलमा रहेका कुनैपनि सामग्रीबारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई sainamainakhabar@gmail.com मा पठाउनुहोला।)
Advertisement

सैनामैना अपडेट

बुटवलमा प्रथम मगर साहित्य महोत्सव सम्पन्न, विभिन्न व्यक्ति सम्मानित

देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

सैनमैना। देउवापार ब्वाइजको  आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारमा रहेको युवाहरूको क्लब देउवापार ब्वाइजद्वारा आयोजना गरिएको...

राजनीति

बुटवलमा प्रथम मगर साहित्य महोत्सव सम्पन्न, विभिन्न व्यक्ति सम्मानित

ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

सैनामैना । नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।सोमबार क्याम्पसमा सम्पन्न ...
बुटवलमा प्रथम मगर साहित्य महोत्सव सम्पन्न, विभिन्न व्यक्ति सम्मानित

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
बुटवलमा प्रथम मगर साहित्य महोत्सव सम्पन्न, विभिन्न व्यक्ति सम्मानित

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
बुटवलमा प्रथम मगर साहित्य महोत्सव सम्पन्न, विभिन्न व्यक्ति सम्मानित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
बुटवलमा प्रथम मगर साहित्य महोत्सव सम्पन्न, विभिन्न व्यक्ति सम्मानित

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
बुटवलमा प्रथम मगर साहित्य महोत्सव सम्पन्न, विभिन्न व्यक्ति सम्मानित

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
बुटवलमा प्रथम मगर साहित्य महोत्सव सम्पन्न, विभिन्न व्यक्ति सम्मानित

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
बुटवलमा प्रथम मगर साहित्य महोत्सव सम्पन्न, विभिन्न व्यक्ति सम्मानित

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.