Advertisement
Search
Close this search box.

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

Advertisement
sainamainakhabar.com

दाङ, १९ मंसिर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तरोन्नतिका लागि प्रदेश सरकारले पहल लिने बताएका छन् । खेलको आधारभूत संरचना निर्माण, प्रशिक्षण केन्द्रदेखि समुदायस्तरमा खेलाडी उत्पादन लगातका कामलाई अघि बढाउन र खेल अवसरहरुको सृजना गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका हुन् ।

अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषि भट्टराईको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा बुधवार भएको भेटमा मुख्यमन्त्री आचार्यले क्रिकेट मैदान, प्रशिक्षण केन्द्र, खेल पूर्वाधारको विकास र स्तरोन्नतिका लागि प्रदेश सरकारले पहल लिने बताए । ‘क्रिकेट खेलको विकासकोलागि प्रदेश सरकारले आधारभुत संरचना विकासको लागि ध्यान दिन्छ’उनले भने,‘हाम्रो प्रदेशमा क्रिकेट खेलप्रति युवा खेलाडीहरुको बढ्दो आकर्षण र अवसरले सरकार पनि उत्साहित छ । खेल क्षेत्रको विकास, खेलाडी उत्पादन र क्षमता विकासका लागि गर्नुपर्ने कामहरु अघि बढाउछौं ।’ 

विद्यालय तहमा क्रिकेट खेल प्रशिक्षण कार्यक्रमहरु चलाउने र युवा खेलाडी प्रतिभाहरुको खोजी गर्न जरुरी रहेको उनले बताए । मुख्यमन्त्री आचार्यले  क्रिकेट खेलसँगै अन्य खेल क्षेत्रको विकासको लागि पनि प्रदेश सरकारले समान रुपमा प्राथमिकता दिने, पूर्वाधार निर्माण गर्ने र खेल अवसरहरुको खोजी गर्ने बताए । 

अर्घाखाँची जिल्लामा माघ १ गतेदेखि पाँचौं अर्घाखाँची प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता हुँदैछ । यो प्रतियागिता सम्बन्धमा क्रिकेट संघका अध्यक्ष भट्टराईले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए । प्रतिनिधि मण्डलले प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमलाई समेत भेट गर्दै खेल प्रतियोगिताको बारेमा जानकारी दिएको छ ।

(सैनामैना खबर अनलाईन न्युज पाेर्टलमा रहेका कुनैपनि सामग्रीबारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई sainamainakhabar@gmail.com मा पठाउनुहोला।)
Advertisement

सैनामैना अपडेट

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

सैनमैना। देउवापार ब्वाइजको  आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारमा रहेको युवाहरूको क्लब देउवापार ब्वाइजद्वारा आयोजना गरिएको...

राजनीति

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

सैनामैना । नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।सोमबार क्याम्पसमा सम्पन्न ...
प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.