Advertisement
Search
Close this search box.

रूपन्देही सुपर लिग : देवदह ९५ रनले विजयी

Advertisement
sainamainakhabar.com

भैरहवा, ३० कार्तिक ।

देवदह क्रिकेट युनिटले बुटवल–११ क्रिकेट क्लबलाई पराजित गर्दै जीत निकालेको छ । भैरहवामा जारी ‘रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता’ अन्तर्गत डिभिजन ‘बी’ को शुक्रबारको खेलमा देवदहले ९५ रनको सानदार जीत निकालेको हो ।

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल खडा गर्यो । उसका लागि दीपक भण्डारीले नआउट ५६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अर्जुन रायमाझीले ३१, संकेत भट्टराईले २७ र कृतिमान ढकालले १५ रनको योगदान गरे । बलिङमा बुटवल ११ का दिवेश खातीले ३, सुदन श्रेष्ठ, तौसिफ आलम, मञ्जिल भण्डारी, एजाज अहम्मद र प्रमिश अर्यालले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल २७ ओभर २ बलमा ९६ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न बलिङमा देवदहका सुरज खड्काले ९ ओभरमा २ मेर्डनसहित २६ रन खर्चेर ५ विकेट हात पारे । त्यसै गरी अर्जुन रायमाझीले ३ र रोशन गौतमले २ विकेट हात पारे । बुटवलका प्रमिश अर्यालले ४२, बिशाल भुसालले २४ र विभेष खातीले १६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार व्यहोर्यो । खेलमा देवदहका सुरज खड्का प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै हरेक खेलको म्यान अफ द म्याचले १ हजार २ सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरज प्रताप खाँणले जानकारी दिए ।

सुपर लिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टीम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुई चरणमा सुपर लिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपर लिग पछि आयोजना हुनेछ ।-खबर पात्राे

(सैनामैना खबर अनलाईन न्युज पाेर्टलमा रहेका कुनैपनि सामग्रीबारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई sainamainakhabar@gmail.com मा पठाउनुहोला।)
Advertisement

सैनामैना अपडेट

रूपन्देही सुपर लिग : देवदह ९५ रनले विजयी

देवापार ब्वाइजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न प्रभात स्कुल प्रथम ।

सैनमैना। देउवापार ब्वाइजको  आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ७ देउवापारमा रहेको युवाहरूको क्लब देउवापार ब्वाइजद्वारा आयोजना गरिएको...

राजनीति

रूपन्देही सुपर लिग : देवदह ९५ रनले विजयी

ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

सैनामैना । नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।सोमबार क्याम्पसमा सम्पन्न ...
रूपन्देही सुपर लिग : देवदह ९५ रनले विजयी

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
रूपन्देही सुपर लिग : देवदह ९५ रनले विजयी

अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री पौडेल

रुपन्देही उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह ...
रूपन्देही सुपर लिग : देवदह ९५ रनले विजयी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज्जवल छ : अर्थमन्त्री पौडेल

भैरहवा, १४ मंसिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य धेरै उज...
रूपन्देही सुपर लिग : देवदह ९५ रनले विजयी

राज्यका सबै संयन्त्र लागेमात्रै भैरहवा विमानस्थल दीर्घकालिन रुपमा सञ्चालनमा आउँछः महानिर्देशक अधिकारी

लुम्बीनी,मंसिर १४,। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
रूपन्देही सुपर लिग : देवदह ९५ रनले विजयी

तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई तेस्रोपटक म्याद थपका लागि आज...
रूपन्देही सुपर लिग : देवदह ९५ रनले विजयी

रुपन्देहीकाे सैनामैनामा विप्लव नेकपाको ६ बिघामा सामूहिक खेती

१६ कात्तिक, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको ...
रूपन्देही सुपर लिग : देवदह ९५ रनले विजयी

झापाका वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाच...
1 2 3 4 5 6 7 8 9 10 11

अर्थ अपडेट

खेलकुद

1 2 3 4 5 6
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.