Advertisement
Search
Close this search box.

बुटवल औद्योगिक व्यापार मेला : मेलास्थलमा सचिवालय स्थापना

Advertisement
sainamainakhabar.com

बुटवल,२५ कार्तिक ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलमा सञ्चालन गर्ने औद्योगिक व्यापार मेलाको लागि अन्तर्राष्ट्रिय प्रदर्शनीय स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरिएको छ ।

मेला सम्बन्धि सबै गतिविधि मेला स्थलबाटै गर्नेगरी सचिवालय स्थापना गरिएको कार्यसम्पादन समितिका सचिव, मेलाका प्रवक्ता तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

‘लगानी लुम्बिनीमाः समृद्धि देशमा’ भन्ने नारा सहित संघले आगामी पुस ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा औद्योगिक व्यापार मेलाको तयारी गरेको छ । यो मेलालाई अहिलेसम्म भएका मेला भन्दा धेरै फरक बनाउने गरी तयारी गरिएको र त्यसको लागि कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा विषयगत समितिका संयोजकहरु लागि परेको कार्यसम्पादन समितिका संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए ।

मेला सम्पन्न गर्नको लागि संघले यस अंगाडि नै कार्यसम्पादन समिति तथा विषयगत समितिहरु गठन गरि तयारीका काम अगाडि बढाएको संघले जनाएको छ । ‘मेलालाई चुस्त र दुरुस्त बनाउने प्रयास गरेका छौं ।’ कार्यसमितिका संयोजक अर्यालले भने–‘यो मेला विगतमा हामिले गरेका र हाम्रा सहयोगी संस्थाहरुले गरेका मेला भन्दा धेरै फरक हुनेछ ।’

उनका अनुसार कानुनले वर्जित गरेका कुराहरुलाई मेलामा समावेश गराईने छैन । त्यसैगरी मेलाको अर्को महत्वपूर्ण पाटो सांस्कृति कार्यक्रमलाई पनि थप व्यवस्थित गरिने छ । बुटवल उद्योग वाणिज्य संघले सुरु गरेको दोहोरी गित प्रतियोगिता, भ्वाईस अफ बुटवललाई निरन्तरता दिईने र अरु राम्रा कार्यक्रम ल्याईने कार्यसम्पादन समितिका सहसंयोजक तथा सांस्कृतिक कार्यक्रमका समन्वयकर्ता टंकप्रसाद गैरेले बताए ।

त्यसैगरी मेलाको उद्देश्य अनुसार बस्तुको प्रदर्शनीलाई समेत ध्यानमा राखेर गुणस्तरीय बस्तुको प्रदर्शनी तथा विक्रिवितरण गर्नेगरी स्टल बुकिङ खुला गरिएको कार्यसम्पादन समितिका उपसंयोजक तथा स्टल बुकिङ समितिका समन्वयकर्ता सुरज भट्टराईले जानकारी गराए । उनका अनुसार मेलामा ईनडोर ४४३ स्टल रहने छन् भने होटल रेष्टुरेन्ट, अटोमोवाईल्सका करिव ३० स्टल आउटडोरमा रहने छन् । हालसम्म २ सय बढी स्टल सम्पर्कमा आईसकेको पनि उनले बताए ।

मेलालाई सफल बनाउनको लागि सबैसंग रायसुझाव तथा परामर्श लिईने ज्ञनाइएकाे छ । संघले राजनीतिक दल तथा संघसंस्थासंग समन्वयको लागि कार्यसम्पादन समितिका उपसंयोजक विमलराज भट्टराईलाई जिम्मेवारी प्रदान गरिएको छ । सोही अनुसार मेलामा सबै पक्षलाई समेट्ने गरी राजनीतिक दल तथा संघसंस्थासंग समन्वय गरिने कार्यसम्पादन समितिका उपसंयोजक विमलराज भट्टराईले जानकारी दिए ।

मेला सम्पन्न गर्नको लागि सबैभन्दा महत्वपूर्ण पाटो अर्थको रहन्छ । त्यसको लागि मुख्य प्रायोजक, प्रायोजक, सहप्रयोजक र विज्ञापनदाताहरुसंग संवाद र छलफल भईरहेको आर्थिक समिति संयोजक तथा आर्थिक क्षेत्र समन्वयकर्ता बसन्तप्रसाद ढकालले बताए ।

उत्पादक र उपभोक्तालाई जोड्ने पुलको रुपमा यो मेलालाई लिईएको छ । प्रचार प्रसारलाई व्यापक बनाउने गरी काम भईरहेको प्रचारप्रसार तथा पूर्वाधार समन्वयकर्ता प्रतिक पोखरेलले बताए । मेलामा जतिसक्यो धेरै उपभोक्तालाई भित्र्याउन सकियो भने त्यसको सार्थकता पाउन सक्छ । सोही अनुसार मेलाको बारेमा धेरैभन्दा धेरै व्यक्तिलाई सन्देश पुर्याउनको लागि प्रचारप्रसारको काम सुरु भईसकेको प्रचारप्रसार समितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी दिए ।

मेलामा कृषि, महिला उद्यमी तथा हस्तकलालाई विशेष प्राथमिकता दिईने संघले जनाएको छ । स्वागत सत्कार तथा महिला उद्यमी सहभागिता संयोजन समितिकी समन्वयकर्ता धनकुमारी खनालका अनुसार मेलामा सहभागि हुने महिला उद्यमीका उत्पादन, कृषिजन्य उत्पादन तथा हस्तकलाका सामाग्रिका स्टललाई विशेष छुट प्रदान गरिने छ ।

image 10
[sharethis-reaction-buttons]
(सैनामैना खबर अनलाईन न्युज पाेर्टलमा रहेका कुनैपनि सामग्रीबारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई sainamainakhabar@gmail.com मा पठाउनुहोला।)
Advertisement

सैनामैना अपडेट

सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ : नगर प्रमुख शर्मा

सञ्चारमाध्यमले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्छ : नगर प्रमुख शर्मा

रुपन्देही । सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सञ्चारमाध्यमहरुले जनतालाई सही सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । मंगलबार सामुदायीक रेडियो सैनामैना ९१ मेगाहर्जको भित्ते पात्र...

राजनीति

राष्ट्रपति पौडेलद्वारा संघीय संसदको बर्खे अधिवेशन आह्‍वान

राष्ट्रपति पौडेलद्वारा संघीय संसदको बर्खे अधिवेशन आह्‍वान

काठमाडौं ।  मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका बर्खे अधिवेशनको आह्‍वान आह्‍वान गरेका छन्। वैशाख ...
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री

समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवह...
एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली

रुपन्देही । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको जनाउँदै समृ...
एमाले रुपन्देहीको जागरण सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

एमाले रुपन्देहीको जागरण सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदै छन्। नेकपा एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गर्न लागेको जागरण सभामा स...
आइजीपी थापा एमालेको युवा संघको सहअध्यक्ष भएको आरोप

आइजीपी थापा एमालेको युवा संघको सहअध्यक्ष भएको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख आइजीपी दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्र...
प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्ने भएका छन् । उनको सम्वोधनका लागि प्रदेशसभा सचिवालयले ला...
ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

ने.वि.संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पस इकाई समितिको अधिवेशन सम्पन्न

सैनामैना । नेपाल विद्यार्थी संघ सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको इकाई अधिवेशन सम्पन्न भएको छ ।सोमबार क्याम्पसमा सम्पन्न ...
प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

प्रदेशमा क्रिकेट खेल अवसरको सृजना गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्रिकेट खेलको विकासको लागि आधारभूत पूर्वाधार निर्माण र स्तर...
1 2 3 4 5 6 7 8 9 10 11 12

अर्थ अपडेट

सुनको मूल्यमा भारी वृद्धी, एकैदिन ५ हजार ७ सयले बढ्यो

सुनको मूल्यमा भारी वृद्धी, एकैदिन ५ हजार ७ सयले बढ्यो

काठमाडौं । सुनको मूल्यमा भारी वृद्धि भएको छ। अघिल्लो दिन तोलामा २ हजार बढेको सुन आज एकै दिन ५ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार ४...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.