२९ साउन ।
केहीबेरको वर्षाले बुटवल उपमहानगरपालिका ५ अमरपथ क्षेत्र जलमग्न भएको छ । मंगलबार दिउँसो परेको केहीबेरकाे बर्षासँगै लक्ष्मीनगर क्षेत्रबाट आएको भल नालीमा नअटाएपछि अमरपथ, हाटबजार क्षेत्र जलमग्न भएको हो ।
स्थानीयले नाली सफा गरेपछि भने लेदोको सतह केही घटे पनि आवतजावतमा भने समस्या भएको छ ।
बुटवलमा केही समय पहिले पनि आएको पानीले पश्चिमनेपाल बस ब्यवसायी प्रालि, रासस लगायतका कार्यालयमा क्षति गर्नुका साथै बिभिन्न व्यवसायमा समेत लेदो पसेर लाखौँको क्षति भएको थियो ।