१९ भदौ ।
नेपाली हिन्दु महिलाहरूकाे महान चाड हरितालिका (तीज) काे अवसरमा यही भदौ २१ गते शुक्रबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ ।
लुम्बिनी प्रदेश सरकारकाे आन्तरिक मामिला तथा कानुन मन्त्राालयले आज एक सुचना जारी गरी हरितालिका (तीज) काे अवसरमा यही भदौ २१ गते शुक्रबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा हुने जनाएको हो ।
२०८०/१२/२० गतेकाे प्रदेश मन्त्रीपरिषद बैठककाे निर्णय अनुसार मिति २०८१/०५/२१ गते शुक्रबार हरितालिका (तीज) ब्रतकाे अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्राालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीद्वारा जारी सुचनामा जनाइएको छ ।